Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधइकुडोलमा शान्तिपूर्ण तवरमा निर्वाचन सम्पन्न

इकुडोलमा शान्तिपूर्ण तवरमा निर्वाचन सम्पन्न


काठमाडौं । ललितपुर, बाग्मती गाउँपालिकामा शुक्रबार भएको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ । बाग्मती गाउँपालिका इकुडोल–५ मा पनि शुक्रबार भएको स्थानीय तह निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको निर्वाचन अधिकृत रोशनी लामाले बताइन् । नौ सय छ जना मतदात रहेको सो केन्द्रमा ९० प्रतिशतभन्दा बढीले स्थानीय तह निर्वाचनमा मतदात गरेका छन् । इकुडोलमा मुख्य प्रतिस्पर्धीको रुपमा ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), नेपाल एकृकीत समाजवादी पार्टी गठबन्धन दलहरु र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवारहरुको रहेको छ ।

निर्वाचन सम्पन्न भएसँगै शनिबार मतगणना कार्यक्रम अघि बढाइएको छ । इकुडोल–५ जनजागृति माध्यमिक विद्यालयलाई मतदान केन्द्र निर्माण गरेको स्थानमा सुरक्षाकर्मीसहित १५ सदस्यीय टोलीले मतदान गराएका हुन्, निर्वाचन अधिकृत रोशनी लामाले बताइन् । ललितपुर, चाँपगाउँबाट करिब ४२ किलोमिटर दूरीमा रहेको इकुडोल–५ मा कच्ची सडक पार गर्दै शान्तिपूर्ण तवरले स्थानीय निर्वाचन सम्पन्न गराउन आफूहरु पुगेको उनको भनाइ छ । ‘कच्ची सडकका कारण उपत्यकाको नजिक ठाउँ रहे पनि जानलाई कठिन रहेको थियो’ उनले भनिन्, ‘कठिनका बाबजुद पनि विना अवरोध निर्वाचन सम्पन्न गराउन सकेकोमा सम्पूर्ण सहकर्मीसहित आफूहरु खुसी छौँ । मतदातको सहभागिता उल्लेखनीय रहेको थियो ।’

इकुडोल–५ मा निर्वाचन आयोगले खटाएका निर्वाचन अधिकृत तथा सदस्यहरुका साथै सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी रहेका छन् । सरकारले निर्वाचनका लागि सेना, सशस्त्र प्रहरी, प्रहरी र म्यादी प्रहरी परिचालन गरेको छ । निर्वाचनको क्रममा विगतमा कुनै झगडा तथा द्वन्द्व नभएको कारण यस वर्ष निर्वाचनमा पनि कुनै अवरोध नभएको वरिष्ठ प्रहरी सई उद्धव महतले बताए । ‘निर्वाचनको सुरक्षा विषय निकै संवेदनशील हुन्छ, त्यसैले गर्दा हामीले यहाँको परिस्थिति र हिजो निर्वाचन गर्दाको समयमा भएको घटनाहरुलाई नजिकबाट अध्ययन गरी शान्तिपूर्ण निर्वाचन गराउन हामी सफल भएका हौँ’, वरिष्ठ सई महतले भने ।

त्यस्तै, आफूहरुले गराएको मतदान कार्यमा मतदाता, उम्मेदवारलगायतका सदस्यहरुले खुसी व्यक्त गरेको मतदानस्थलमा खटिएका अर्को सदस्य सबिन केसीले बताए । विद्यालयमा रहेको खुला चौर तथा भवनले गर्दा मतदान गराउन सहज भएको केसीले बताए । सो स्थानमा ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), नेपाल एकृकित समाजवादी पार्टी गठबन्धन दलहरु र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रतिनिधिहरु प्रतिस्पर्धीहरु हुन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया