Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसेनाद्वारा सेती नदीको खोँचमा खसेका व्यक्तिको उद्धार

सेनाद्वारा सेती नदीको खोँचमा खसेका व्यक्तिको उद्धार


काठमाडौं । नेपाली सेनाले सेती नदीको खोँचमा खसेका एक व्यक्तिको सकुशल उद्धार गरेको छ । यही वैशाख ३० गते पोखरा महानगरपालिका वडा नं. ७ घारिपाटनस्थित सेती नदिको किनारमा एक जना पुरुष (प्युठान जिल्ला, गौमुखी गाउँपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँ गाउँ बस्ने, वर्ष ३२ को विशाल थापा मगर) माछा मार्ने क्रममा चिप्लिएर सेती नदीको खोँच (करिब २०/२५ मिटर तल) मा फसेको अवस्थामा नेपाली सेनाको डिजास्टर एसिस्टेन्स रेस्पोन्स टिम (डीएआरटी) नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा, विशेष इक्विप्मेन्टबाट रोप बनाई -याप्लिङ गरी उद्धार गरेको सेनाले जानकारी दिएको छ ।

उद्धार गरिएका थापाको दाहिने खुट्टा भाँचिएको अवस्थामा रहेको हुँदा नेपाली सेनाको मेडिकल टिमबाट प्राथमिक उपचार गरी, थप उपचारको लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको नेपाली सेनाले जानकारी दिएको छ । साथै, मिति २०७९ वैशाख २९ गते धनगढीबाट बाजुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१०८ नम्बरको यात्रु बाहक बस डोटी जिल्ला, पूर्वीचौकी गाउँपालिका वडा नं. ४ स्थित सानागाउँ इलाका प्रहरी कार्यालयबाट करिब सय मिटर अगाडि, सडकबाट २० मिटर तल खसी, दुर्घटना भएको खबर प्राप्त भएपश्चात् नेपाली सेनाको टोली परिचालन भई नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा उद्धार कार्य गरेको सेनाले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया