Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध१९ अंकले उकालो लाग्यो सेयर बजार

१९ अंकले उकालो लाग्यो सेयर बजार


काठमाडौं, फागुन ५
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक १९ दशमलव ३९ अंकले उकले उकालो लागेर १३ सय ६३ दशमलव ९७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५८ अंकले उकालो लागेर दुई सय ८५ दशमलव ८२ अंकमा चढेको छ । यसदिन कुल एक सय ७६ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार १८ हजार आठ सय ८५ वटा कारोबारमा ४१ लाख पाँच हजार एक सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ९७ करोड ८१ लाख सात सय एक रूपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार तीनवटा समूहको सूचक ओरालो लागेर नौवटा समूहको सूचक उकालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव १५ अंकले उकालो लागेर ११ सय ४९ दशमलव ९२ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि चार दशमलव ५४ अंकले उकालो लागेर १८ सय २४ दशमलव २२ अंकमा चढेको छ ।

जलविद्युत् समूहको सूचक पनि नौ दशमलव ४५ अंकले उकालो लागेर एक हजार १६ दशमलव ६६ अंकमा चढेकोमा लघुवित्त समूहको सूचक पनि ५७ दशमलव ८१ अंंकले उकालो लागेर दुई हजार चार सय नौ दशमलव ९३ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि चार सय १६ दशमलव ७९ अंकले उकालो लागेर छ हजार छ सय १७ दशमलव शून्य आठ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि तीन सय ९८ दशमलव ६९ अंकले उकालो लागेर आठ हजार ३५ दशमलव ८८ अंंकमा पुगेको छ । यीबाहेक ट्रेडिङ, होटल, र उत्पादनमूलक समूहको सूचक पनि क्रमशः ११ दशमलव दुई, छ दशमलव ९५ र ५३ दशमलव ९४ अंकले उकालो लागेका छन् ।

फाइनान्स समूहको सूचक पनि तीन दशमलव ३४ अंकले ओरालो लागेर छ सय ६७ दसमालव ९८ अंकमा झरेकोमा अन्य समूहको सूचक पनि दुई दशमलव ६८ अंकले ओरालो लागेर सात सय दुई दशमलव ३० अंकमा झरेको छ । यसैगरी सामूहिक लगानी कोष समूहको सूचक पनि शून्य दशमलव शून्य छ अंकले ओरालो लागेका छन् ।

यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको राधी जलविद्युत् कम्पनीको सेयर मूल्य नौ रूपैयाँ ४९ पैसाले बढेर एक सय ७३ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनएलजी इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ रूपैयाँ ४६ पैसाले बढेर सात सय ६४ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक ङादी ग्रुप पावर लिमिटेड, राष्ट्रिय बीमा कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नबिल व्यालेन्स फण्ड २ को सेयर मूल्य छ रूपैयाँ ६७ पैसाले घटेर नौ रूपैयाँ २३ रूपैयाँमा किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको सेन्ट्रल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य पाँच रूपैयाँ ८८ पैसाले घटेर एक सय ४४ रूपैयाँको किनबेच भएको छ । यीबाहेक जानकी फाइनान्स, मल्टीपर्पोस फाइनान्स आदि परेका छन् । यसदिन हिमालयन डिष्ट्रिलरी प्रालीको सबैभन्दा बढी रकम कारोबार भएको छ ।

उक्त कम्पनीको प्रतिकित्ता १४ सय २९ रूपैयाँ अन्तिम मूल्यमा १८ करोड चार लाख २० हजार तीन सय १५ रूपैयाँको सेयर किनबेच छ । दोस्रो स्थानमा परेको शिवम् सिमेन्टको छ सय चार रूपैयाँ अन्तिम मूल्यमा १३ करोड पाँच लाख दुई सय ६९ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, शुर्या लाइफ इन्स्योरेन्स कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया