मोटरसाइकल चोरी गरी किनबेच गर्ने सात जना पक्राउ
मोरङ । प्रहरीले मोटरसाइकल चोरी गरी किनबेच गर्ने गिरोहलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–४ स्थित नोबेल अस्पताल अगाडि र वडा नम्बर–५ तोदी भवनलगायत विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी किनबेच गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्रउ पर्नेहरूमा जहदा गाउँपालिका–१ बुधनगर बस्ने २० वर्षीय हरिओम मण्डल, २० वर्षीय पन्नलाल राजवंशी, १८ वर्षीय किशोर, विराटनगर महानगरपालिका–४ कन्चनबारी बस्ने २२ वर्षीय प्रकाश राजवंशी, कटहरी गाउँपालिका–२ बस्ने २४ वर्षीय मनिष बस्नेत, धनकुटा साँगुरीगढी गाउँपालिका–९ बस्ने ३२ वर्षीय थाम बहादुर राई र ३५ वर्षीय मनकाजी राई रहेका छन् । उनीहरूमध्ये हरिओम, पन्नलाल, प्रकाश, मनिष र किशोर चोरी कार्यमा तथा थाम बहादुर र मनकाजी किनबेच तथा व्यवस्थापन कार्यमा संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूबाट प्रदेश १–०२–०४६ प ६४०१, प्रदेश १–०२–०४७ प ३९२४, को.१३ प ८२७५, बीआर ३८ डी ४५०४, प्रदेश १–०२–०४४ प २५७, को.८ प ६७५ र बीआर ३८ जेड ८९७२ नम्बरको मोटरसाइकल बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया