दोलखा । जिल्लामा फैलिएको फौजी कीराको प्रकोपले स्थानीय किसान चिन्तित बनेका छन् । मुख्य बालीको रूपमा लगाइएको मकैबालीमा अमेरिकन फौजी कीराले सखाप पार्न थालेपछि यहाँका किसान चिन्तित बनेका हुन् । स्थानीय सरकारले दिएको विषादी प्रयोग गर्दा समेत फौजी नियन्त्रणमा आउन नसकेको उनीहरूको गुनासो छ ।
जिल्लामा सबैभन्दा बढी मेलुङ र बैतेश्वर गाउँपालिकामा फौजीकीराले धेरै मकै सखाप पारेको छ । केही महिना अघि आलू खेतीमा देखिएको फौजीको प्रकोप वैशाख लागेपछि मकै बालिमा सरेको बैतेश्वर मिर्गेकी स्थानीय अम्बिका बस्नेतले बताइन् । उनले बारीमा लगाएको सबै मकैका बोट फौजी कीराले सखाप पारेको छ । मकै रोपेको दुई महिना नबित्दै कीरा फैलिन थालेको उनले सुनाइन् । यस्तै भीमेश्वर नगरपालिका–६, चोथाङको करिब एक सय ५० रोपनीमा लगाइएको मकैबालीमा पनि फौजी कीराको प्रकोप देखिएको किसानहरूले बताएका छन् । मेलुङ गाउँपालिकाको पवटी र बैतेश्वर गाउँपालिकाको मिर्गे, काब्रेका क्षेत्रमा पनि फौजी कीराको प्रकोप गत वर्षको भन्दा झन् बढी फैलिएको छ । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार अघिल्लो दुई महिनामा धेरैजसो आलुबालीमा देखिएको प्रकोप अहिले मकैमा सरेको छ । रामेछार र दोलखा दुई जिल्ला हेर्दै आएको केन्द्रले स्थानीय तहसँग समन्वय गरेर पालिका कृषि शाखामार्फत कीरा नियन्त्रण गर्न प्राविधिक पठाउने तथा विषादीको प्रयोग गर्न कृषकलाई सुझाव दिनेगरेको छ ।
फौजीले एक पटकमा एक सयदेखि दुई सयसम्म सेतो, गुलाबी, हल्का हरियो रंगका फूलहरू पातको तल्लो भागमा पार्दछ । यसले आफ्नो जीवनकालमा १५ सयदेखि दुई हजारसम्म फुल पार्दछ । लार्भाको जीवनअवधि १४ देखि २१ दिनसम्मको हुन्छ । यो अवस्था नै बढी हानिकारक अवस्था हुनेगरेको बैतेश्वर गाउँपालिकाका कृषि प्राविधिक निरोज पाण्डेले बताए । उनका अनुसार कीरा गर्मीमा आठदेखि नौ दिनसम्म र जाडोमा २० देखि ३० दिनसम्म कीरा सक्रिय रहन्छ । वयस्क पुतली सातदेखि २१ दिनसम्म बाँच्ने भएकाले छोटो समयमा नै बाली सखाप पार्नेगरेको उनले बताए । सुरुको अवस्थाको लक्षण पातको माथिल्लो सतहमा सेता लाम्चा झिल्लीसहितका धब्बा र धर्साहरू देखिनासाथ विषादी एजाडीराक्टीन १५ सय पीपीएम पाँच मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर छर्ने गरेका यसको नियन्त्रण गर्न सकिन्छ । यस्तै विषादी ब्याक्टेरियामा आधारित मह शक्ति, डाइपेल दुई मिलिलिटर वा दुई ग्राम प्रतिलिटर पानीमा मिसाई मकैबालीमा लागेको कीरा नियन्त्रण गर्न सकिन्छ ।
त्यसैगरी रासायनिक विषादीहरू मकैको पातमा प्वाल वा गुभोमा क्षतिको लक्षण देखिनासाथ घरायसी गाईबस्तुको पिसाब तथा बजारमा पाइने इमामेक्टीन बेन्जोयटलगायतका विषादी प्रयोग गरेर कीरा नियन्त्रण गर्न सकिने उनले बताए । दोलखाको बैतेश्वरमा गतवर्ष पनि यहीँ समय अत्याधिक फौजी प्रकोप बढेपछि पालिकाले किसानका खेतबारीमै पुगेर विषादी झर्केर कीरा नियन्त्रणमा लिएको थियोे ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा
- नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
- टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
- सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
- सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
- नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली
- वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
- तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको सुझाव दिन गठित समितिले किन दियो निजगढ विमानस्थल बनाउने सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया