Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबाँसबाट उत्पादित वस्तुको आयातमा भन्सार वृद्धि गर्न माग

बाँसबाट उत्पादित वस्तुको आयातमा भन्सार वृद्धि गर्न माग


काठमाडौं । बाँस तथा काठबाट उत्पादित तयारी वस्तुको आयातमा लाग्दै आएको भन्सार वृद्धि गर्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन् । नेपालमै शतप्रतिशत कच्चा पदार्थ पाइने र स्वदेशमा तयारी वस्तु उत्पादन गर्न सकिने भए पनि चीन तथा भारतीय वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्दा बाँसबाट बन्ने तयारी वस्तुले प्रतिस्पर्धा गर्न नसकी उद्योग खुल्दै बन्द हुँदै आएका छन् ।

सरकारले न्यून भन्सार लिँदै आएको तथा भन्सार छली गरिएको बाँसबाट उत्पादित टुथपिक, धुप बनाउने सिन्काका कारण स्वदेशी उद्योग धराशायी भएको नेपाली उद्योगीहरूको गुनासो छ ।

नेपाली उद्योगीहरूले पटक–पटक बाँसजन्य उद्योगहरू स्थापना गरे पनि सरकारले संरक्षण नगरेका कारण बन्द हुँदै आएका छन् । केही वर्षअघि बुटवलमा स्थापना भएको बेम्बो नेपाल हाल बन्द भइरहेको छ । त्यस्तै, इटहरीमा सारा नेपालले सञ्चालन गरेको बाँसजन्य उद्योग स्थापना गरेको भए पनि छोटो समयमा नै बन्द हुन पुगेको थियो ।

बाँसबाट उत्पादित धेरै उद्योग सञ्चालन नभएकोले संस्थागत रूपमा आवाज उठाउन नसक्दा स्वदेशी उद्योगहरू धराशायी हुँदै आएका छन् । भन्सार विभागका अनुसार आव २०७७/७८ मा ४४२१९१३० कोडको टुथपिकको नाममा १६ हजार सात सय ५२ केजी र टुथपिक अन्यको नाममा ६० हजार पाँच सय ४५ केजी वस्तु आयात भएको देखिन्छ । तर, नेपालका हरेक रेष्टुरेन्टमा प्रयोग हुने टुथपिक योभन्दा कैयौँ गुणा बढी आयात हुने भए पनि भन्सार छली गरी नेपाल भित्रँदै आएको छ ।

सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नेपालमै शतप्रतिशत कच्चा पदार्थबाट उत्पादन हुने वस्तुको उचित संरक्षणको लागि आयातमा भन्सार बढाउने आशय उल्लेख गरेका कारण बाँसबाट स–साना उद्योगहरू सञ्चालन गर्दै आएका उत्साहित भएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया