काठमाडौं । अशुद्ध र प्रदूषित श्वास फेरिरहेका हामीबीच हावामा रहेका कोरोनालगायतका भाइरसलाई नष्ट गरी शुद्ध हावा प्रवाह गर्ने उल्फ एयरमास्क बजारमा आएको छ ।
कोरोना महामारीको बीचताका प्रतिपादन गरिएको उल्फ एयर मास्क विश्व बजारमा छोटो समयमै चर्चा बटुल्न सफल भएको छ । जर्मन टेक्नोलोजी प्रयाग गरेर ‘अल अबाउट इनोभेसन्स’ नामक संस्थाद्वारा भारतमा निर्मित उक्त इलेक्ट्रोनिक्सलाई प्लानेट हेल्थ केयर प्रालिले नेपालको बजारमा ल्याएको छ । हावामा रहेको विकार, किटाणु तथा अशुद्धतालाई ९९.९५ प्रतिशत नष्ट गरी श्वास फेर्नलायक हावा प्रवाह गर्ने उक्त उल्फ एयर मास्क पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी निर्माण गरिएको बताइएको छ । भारतलगायत विभिन्न देशबाट पुरस्कृत उल्फ एयर मास्क सिनेमा हल, सोरुम रेस्टुरेन्ट तथा क्लब, कर्पाेरेट हाउस, अफिस बैंक तथा फाइनान्स र घरका लागि उपयुक्त हुनुको साथै महामारी रोकथाममा टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ ।
भित्तामा एयर कन्डिसनरजस्तै गरिराख्न मिल्ने उक्त इलेक्ट्रेनिक्सले कति रुपमा हावालाई के कति रुपमा हावालाई शुद्ध बनाइरहेको छ भनी मोनिटरमा हेर्न सकिन्छ । कुनै गन्ध वा पदार्थ फ्याँक्ने उल्फ एयर मास्कले नेगेटिभ आयोन प्रवाह गरी किटाणु नष्ट गर्दै हावालाई शुद्ध बनाउँछ । एयर मास्क वान र एयर मास्क मिनी गरी हाल दुईवटा मोडलमा उपलब्ध उल्प एयर मास्क क्रमशः एक हजार वर्गफिट र पाँच सय वर्गफिटको लागि डिजाइन गरिएको छ । नेपाली बजारअनुरुपको मूल्य, निःशुल्क जडान तथा मर्मत सुविधा र दुई वर्षको वारेन्टी रहेको प्लानेट हेल्थ केयरका सहायक निर्देशक रोजन श्रेष्ठले बताए । आइतबार मेरिएट होटलमा आयोजित एक कार्यक्रममा कम्पनीका वैज्ञानिक तथा आविष्कारक बोनिफोस ग्यास्परले उल्फ एयरमा मास्क पूर्ण रुपमा स्वास्थ्यवद्र्धक र मेडिकल मापदण्डसहित रहेको दाबी गरे ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया