दोलखाका स्थानीय तहको आगामी बजेटमा सामान्य वृद्धि
दोलखा । संघीय सरकारले आगामी आर्थिक वर्षको लागि जिल्लाका स्थानीय तहहरूको बजेटमा सामान्य वृद्धि गरेको छ । चालू आर्थिक वर्षमा संघीय सरकारले दोलखाका नौ स्थानीय तहलाई तीन अर्ब ४१ करोड आठ लाख बजेट छुट्याएको थियो भने आगामी आर्थिक वर्ष २०७९/०८० को लागि तीन अर्ब ५२ करोड ८६ लाख बजेट छुट्याएको छ ।
संघीय सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत उक्त बजेट स्थानीय तहमा विनियोजन गरेको हो । जिल्लाका स्थानीय तहहरूले एक अर्ब २२ करोड ४० लाख समानीकरण अनुदान, दुई अर्ब १३ करोड ६६ लाख ससर्त अनुदान, १० करोड ३० लाख विशेष अनुदान र छ करोड ५० लाख समपुरक अनुदान गरेर तीन अर्ब ५२ करोड ८६ लाख बजेट पाएको हुन् । जिल्लाको भीमेश्वर नगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ । नगरले आगामी आर्थिकको वर्षको लागि कुल ५६ करोड ३४ लाख बजेट प्राप्त गरेको छ । चालू आवमा भीमेश्वरले ५४ करोड १८ लाख रुपैयाँ बजेट प्राप्त गरेको थियो ।
त्यस्तै जिरी नगरपालिकाले ३६ करोड २२ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । त्यसैगरी विगु गाउँपालिकाले ३३ करोड रुपैयाँ, कालिञ्चोक गाउँपालिकाले ४३ करोड ५७ लाख रुपैयाँ, गौरीशंकर गाउँपालिकाले ३७ करोड ६८ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । जिल्लाको तामाकोशी गाउँपालिकाले ३६ करोड ९९ लाख रुपैयाँ, बैतेश्वर गाउँपालिकाले ३५ करोड ९५ लाख रुपैयाँ, मेलुङ गाउँपालिकाले ३६ करोड ३९ लाख रुपैयाँ र शैलुङ गाउँपालिकाले ३६ करोड ७२ लाख रुपैयाँ बजेट प्राप्त गर्नेभएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया