Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजिल्ला अस्पताल गुल्मीको स्वास्थ्य सूचना प्रणाली थप परिष्कृत

जिल्ला अस्पताल गुल्मीको स्वास्थ्य सूचना प्रणाली थप परिष्कृत


काठमाडौं । लुम्बिनी प्रदेशस्थित जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सूचना प्रणाली थप परिष्कृत बनाएको छ । अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी विरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्नसक्ने व्यवस्था गरेको छ ।

उक्त स्वास्थ्य सूचना प्रणाली स्तरवृद्धिमा स्वास्थ्य बीमा तथा डीएचआईएस–२ इन्टिग्रेसन गरी दुई महत्वपूर्ण विशेषताहरु पनि कार्यान्वयन गरिएको छ । स्वास्थ्य बीमा बोर्ड प्रवर्द्धित स्वास्थ्य बीमामा आबद्ध बिरामीहरुको इलिजिबिलिटी अर्थात बाँकी बीमा सुविधा रकम हेर्ने सकिने र बीमा दाबी पनि इएमआर सफ्टवेयरमार्फत डिजिटल रुपमै गर्न सकिने इन्टिग्रेटेड सिस्टम सुरु गरेको छ । बिरामीको प्रत्येक बिल स्क्यान गरी अपलोड गर्नु नपर्ने गरी स्वास्थ्य सूचना प्रणालीबाट सिधै बिरामीको बिल अपलोड गर्न सकिने भएको छ ।

त्यसैगरी, डीएचआइएस–२ इन्टिग्रेसनले अब अस्पताल सूचना प्रणालीलाई नेपाल सरकारको एचएमआईएस रिपोर्टिङ प्लेटफर्मसँग जोडेको छ । अस्पतालको मेडिकल रेकर्डरलाई अस्पतालको स्वास्थ्य सूचना प्रणाली मार्फत डिएचआइएस–२ प्लेटफर्ममा सिधै मासिक रिपोर्टहरु पठाउन सकिने भएको छ । यसले गर्दा विगतजस्तो प्रत्येक शाखाबाट डाटा संकलन गरी डीएचआइएस–२ प्लेटफर्ममा म्यानुअल डाटा इन्ट्री गर्नुपर्नेछैन ।

अस्पतालले बिरामीहरुको सहजतालाई मध्यनजर गर्दै अनलाइन अपोइन्टमेन्ट र पोर्टल सेवा पनि सुचारु गर्ने तयारी गरेको छ । यसमार्फत बिरामीहरुले अस्पतालमा कार्यरत आफूले चाहेको डाक्टरसँग मोबाइल वालेटमार्फत घरमै बसी अपोइन्टमेन्ट बुक गर्न र परामर्श शुल्क भुक्तानी गर्न सक्नेछन् र साथसाथै बिरामीहरुले आफ्नो ल्याब टेस्ट रिपोर्टहरु पनि घरमै बसी अनलाइनमार्फत हेर्न सक्नेछन् । यी सेवाहरु गुल्मी अस्पताल, निक साइमन्स इन्स्टिच्युट र अस्पतालहरुमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) सफ्टवेयर सेवा प्रदान गरिरहेको कम्पनी कोजेन्ट हेल्थको सहकार्यमा सञ्चालन गरेको हो । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया