Techie IT
×
गृहपृष्ठबिबिधहाइफ्युचरको रक्तदान शिविर

हाइफ्युचरको रक्तदान शिविर


काठमाडौं । नेपालमा विभिन्न ब्राण्डका उच्चस्तरीय ग्याजेट तथा डिभाइसहरु आयात तथा वितरण गर्दै आएको कम्पनी हाइफ्युचर नेपाल (टेकस्टुडियो)ले गंगादेवी चुचोल टोल सुन्दर समिति र रेडक्रस सोसाइटी, बानेश्वरको सहकार्यमा काठमाडौंमा रक्तदान शिविर आयोजना गरेको छ ।

रक्तदान शिविरको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गरेकी थिइन् । उनले यस्ता शिविरको थप आवश्यकतामा जोड दिर्दै रक्तदाताहरुलाई प्रमाणपत्र समेत वितरण गरेकी थिइन् । सो अवसरमा रक्तदाताहरुको सहभागिता उत्साहजनक थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया