डाबर वाटिका मिस नेपालका प्रतियोगीद्वारा डाबर नेपाल नर्सरी भ्रमण
काठमाडौं । डाबर वाटिका मिस नेपालको प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरु सोमबार बनेपास्थित डाबर नेपाल नर्सरीमा पुगेका छन् । यस भ्रमणमा प्रतियोगीहरुले विभिन्न वातावरणीय समसस्याहरु बुझ्न पाए र साथै यस समस्यालाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासबारे बुझ्ने अवसर पाए । डाबर वाटिका मिस नेपालका सहभागीहरुले यहाँको विश्वस्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरे । डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडीबुटीको संरक्षण गर्दै आएका र यी जडिबुटी डाबरका विभिन्न उत्पादनहरुमा पनि प्रयोग गरेका छन् । आइतबार विश्व वातावरण दिवसको अवसरमा प्रतियोगीहरुले डाबर नर्सरीको परिसरमा वृक्षरोपण गरी मनाएका थिए ।
डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, ‘प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि युवाहरुलाई परिचय गराउन पाएकोमा हामीलाई असाध्यै गर्व र खुसी लागेको छ । डाबरले आयुर्वेदमा जरा गाडेको एक शताब्दीभन्दा बढी भैसकेको छ र यसको ज्ञानबाट विश्वभर जडीबुटी, स्वास्थ्य, सौन्दर्यको हेरचाह र आयुर्वेदिक उत्पादनहरुको विस्तृत शृंखलाको उत्पादन र बजारीकरण गरेको छ । आजका युवाहरु भोलिका कर्णधार हुन् । हामीलाई विश्वास छ प्रतियोगीहरुलाई यस प्रकारको एक्सपोजरबाट उनीहरुले वातावरण र समाजमा सकारात्मक रुपमा योगदान गर्न सक्षम हुनेछन् ।’
डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द राणाले दुर्लभ र लोपोन्मुख जडीबुटीको खेती गर्ने प्राविधिक ज्ञान बाँड्दै इको प्रणालीको संरक्षणमा कम्पनीको योगदान रहेकोमा जोड दिए । डाबर नेपालको बनेपामा अत्याधुनिक प्रविधिसहितको विश्वस्तरीय हरितगृह रहेको छ जसले नेपालको ३० वटा जिल्लामा संकटग्रस्त प्रजातिको प्रवर्द्धन र खेती गर्दछ र ६० वटा सहकारीमार्फत जडीबुटी खेती गरी किसानहरुको जीविकोपार्जनलाई वैकल्पिक स्रोतको रुपान्तरण दिएको छ । द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले प्रतियोगीहरुलाई यो अवसर प्रदान गरेकोमा डाबर नेपाललाई धन्यवाद दिँदै भने, ‘प्रतियोगीहरुले डाबर नेपालले समाजमा पु-याइरहेको संरक्षण र योगदानबारे जान्न यो ठूलो अवसर पाएका छन् ।’
उपभोक्ताहरुलाई उत्कृष्ट प्राकृतिक कपाल हेरचाह समाधानहरु उपलब्ध गराउने डाबरको निरन्तर प्रतिबद्धताको परिणामस्वरुप डाबर नेपालले हालै नेपालमा डाबर वाटिका नेचुरल्स स्याम्पु लन्च गरेको छ । डाबर वाटिका नेचुरल्स स्याम्पु यस वर्षको मिस नेपाल प्रतियोगिताको टाइटल स्पन्सर हो । डाबर वाटिका मिस नेपाल २०२२ को ग्राण्ड फिनाले जुन १८, २०२२ मा गोदावरीस्थित सनराइज अडिटोरियममा हुन गइरहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया