Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैंसी मरे

चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैंसी मरे


स्याङ्जा । मंगलबार राति स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुईवटा भैँसी मरेका छन् । वालिङ नगरपालिका– ६ बगैँचाका हेमबहादुर थापाको गोठमा बाँधिराखेको दुई भैँसी चट्याङ लागेर मरेका हुन् । राति दुई बजे चट्याङ परेको कारण भैँसी मरेका हुन् ।

गोठमा रहेका दुईवटा भैँसी ब्याउने रहेको उनले बताए । चट्याङका कारण बगैँचा गाउँमा रातिदेखि नै बिजुली छैन । अन्यत्र भने कुनै क्षति नभएको वडा प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै प्रहरी टोली घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया