विद्युत् अवरुद्धले ३ नगरपालिकाका स्थानीय मारमा
दोलखा । जिल्लाका तीन स्थानीय तहमा दैनिकजस्तै गरी बिजुली अवरोध हुनेगरेको छ । हिउँदबर्खै दैनिक बिजुली जाँदा जिल्लाको जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका र गौरीशंकर गाउँपालिका हजारौँ उपभोक्ता समस्यामा परेका छन् । यहाँका स्थानीय उपभोक्ता, विद्यार्थी तथा व्यापारी दैनिक बिजुली अवरुद्ध हुँदा अँध्यारोको सास्ती खेपिरहेका छन् । पछिल्लो साता मात्र बैतेश्वर, जिरी र गौरीशंकर क्षेत्रमा करिब नौ पटक विद्युत् अवरुद्ध भएको छ । सोमबार रातीदेखि खावा–जिरी खण्डमा ३३ केभी लाइन पुनः अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मैनापोखरी वितरण केन्द्रले पटक–पटक जनाउँदै आएको छ ।
पटक–पटक बिजुली आउने र जाने गर्दा कतिपय विद्यार्थीले वार्षिक परीक्षा बिग्रेको गुनासो गर्न थालेका छन् । यो समय जिल्लामा कक्षा १२ को वार्षिक परीक्षा चलिरहेको छ । अवरोध हुँदा सो क्षेत्रका मुख्यगरी विद्यार्थी, बिरामी, व्यापारी र ग्रामीण बस्तीका नागरिक थप प्रभावित भएका छन् । धेरजसो समयमा अँध्यारोमा बस्नुपर्ने बाध्यता रहेको सो भेगका स्थानीयले दुखेसो गर्दै आएका छन् । अघिल्लो वर्षसम्म नियमित खपत हुँदै आएको ३३ केभी प्रसारण लाइन प्रयोगकर्ता वृद्धि भएकाले धेरै ठाउँमा विद्युत अवरोध हुनेगरेको नेपाल विद्युत् प्राधिकरण मैनापोखरी वितरण केन्द्रका कार्यालयप्रमुख सुरेश घिमिरेले बताए।
घिमिरे भन्छन् ३३ केभीले बैतेश्वर र गौरीशंकर र जिरीसम्म धान्नुपर्ने हुन्छ, अघिल्लो वर्षहरू उपभोक्ता कम थिए अहिले बढेका छन् । लामो दूरी भएकाले पनि बिजुली अवरोध धेरै हुनेगरेको उनले बताए । त्यस्तै उनले ३३ केभी लाइन नागो ताराबाटै धेरै भिरपाखा र जङ्गल हुँदै लगिएको हुँदा ठाउँ–ठाउँमा लाइन हरियो रुखबिरुवाले टच गर्दा पनि बिजुली आपूर्तिमा समस्या देखिएको बताए ।
उनले ३३ केभीको सभस्टेसन नाम्दुमा निर्माण भएपछि यो समस्या कम हुने जानकारी दिए । यता मैनापोखरी बजारका स्थानीय भने वितरण केन्द्रले चासो नदिएका कारण दैनिक विद्युत् अवरोध हुनेगरेको बताउँदै आएका छन् । कार्यालयका कर्मचारी बत्ती गएको २४ घण्टापछि फिल्ड अनुगमनमा निस्किने उपभोक्ता सर्वसाधारणलाई रेस्पोन्स नगर्ने मनोमानी ढङ्गले महिनामा मात्र मिटर रिडिङ गरेर शुल्क असुल गर्नेलगायतका आरोप लगाउँदै आएका छन् ।
अघिल्लो पटकको हाकिम हुँदा कमै विद्युत् अवरोध हुनेगरेको मैनापोखरीका एक मेडिकल सञ्चालकले बताए । उनले बिरामीलाई अक्सिजन दिरहेको समय झ्यापझ्याप बत्ती जाँदा बिरामीको उपचार गर्नै समस्या भएको बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
- इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन
- अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..
- क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
- अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
- तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति
- ‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा
- महालक्ष्मी विकास बैंकको नाफामा उछाल
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया