Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकञ्चनजङ्घा हिमालबाट १५ टनभन्दा बढी फोहोर संकलन

कञ्चनजङ्घा हिमालबाट १५ टनभन्दा बढी फोहोर संकलन


काठमाडौं । हिमालहरू सदैव नेपालको प्रतीक र गौरवको रूपमा रहँदै आएका छन् र प्रत्येक वर्ष करिब एक लाख ७५ हजार पर्यटक हिमाल पदयात्रा र आरोहण अभियानका लागि नेपाल आउने गर्छन् र दुर्भाग्यवश, उनीहरूले हिमालमै फोहोर छोडेर फर्किने हुनाले हिमाली क्षेत्रमा फोहर व्यवस्थापनको ठूलो समस्या सिर्जना भएको छ । स्वस्थ पृथ्वी र समाजविना व्यवसायहरू समृद्ध हुन सक्दैन भन्ने कुरामा युनिलिभर विश्वास गर्दछ । फोहोरमुक्त विश्वको लागि चक्रिय आर्थिक प्रणालीको दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको छ । यसैअनुरूप युनिलिभरले ‘सफा हिमाल अभियान २०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको छ ।

कञ्चनजङ्घाको सफाइमा ध्यान केन्द्रित गर्दै टोलीले आफ्नो अभियान २०७९ वैशाख २ गतेबाट सुरु गरी २०७९ जेठ १६ गते सम्पन्न गरेको थियो । टोलीले सफलतापूर्वक ३.०२ टन जैविक र १२.३५ टन अजैविक फोहोर संकलन गरेको घोषणा गर्न पाएकोमा युनिलिभर नेपाल गौरवान्वित छ । ४५ दिने अभियानको क्रममा कञ्चनजङ्घा हिमालबाट जम्मा १५.३७ टन फोहोर संकलन भएको थियो ।

सन् २०४० सम्म हालको अनुपातमा दोब्बर मात्रामा प्लास्टिक उत्पादन हुने हुँदा प्लास्टिकजन्य प्रदूषण संकट अझ बढ्ने अनुमान गरिएको छ । यसको समाधान भनेको राष्ट्रहरूले प्लास्टिकको प्रयोग कसरी गर्छन्, पुनः प्रयोग गर्ने र अन्ततः प्लास्टिकको प्रयोगलाई कम गर्ने तौरतरिकामा परिवर्तन गर्नु हो । यस अभियानको क्रममा संकलित प्लास्टिकको पुनः प्रयोग सुनिश्चित गर्न युनिलिभरले रिसाइक्लिङ साझेदारहरूको रूपमा अभ्नी भेन्चर प्रालिसँग पनि समन्वय गरेको छ ।

मौसममा आएको परिवर्तनका कारण झेल्नुपरेका विभिन्न चुनौतीको सामना गर्दै टीम कञ्चनजङ्घाले फोहोर संकलनमा तीव्रता दिएर लक्षित फोहोर लक्षित समय अघि नै संकलन गरेको थियो । पूर्ण समर्पित टिमले संकलन जारी राख्यो र आफ्नो लक्ष्यको एक सय ५० प्रतिशतभन्दा बढी फोहोर संकलन गर्न सक्षम भएको छ ।

यो पहल युनिलिभरको ब्रान्ड सर्फ एक्सेलबाट प्रेरित थियो जसले ‘फोहोर राम्रो छ’को नारालाई सार्थक तुल्याउँछ । पेशागत पर्वतारोही र नेपाली सेना सदस्यहरु सम्मिलित माउन्टेन एक्सपिडिसन टोलीले हिमाल सफा गर्न आफ्नो कपडाहरु फोहोर हुन दिएका थिए । युनिलिभर इन्टरनेसनलले यस प्रयासलाई सहयोग गर्नका लागि साझेदारी गरेको हो ।

हिमालहरूलाई आउँदो पुस्तासम्मका लागि सुन्दर र आकर्षक बनाइराख्नका लागि सानो भूमिका खेल्न पाएकोमा युनिलिभर नेपाल गौरवान्वित छ । यस अभियानमार्फत युनिलिभर नेपालले वातावरणप्रति आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ र ‘विश्वलाई उत्तम दिगो साझा स्थान’ बनाउने आफ्नो प्रतिबद्धतालाई कायम राखेकोे छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया