Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविद्युत्का प्रसारण लाइनमा हिँड्ने व्यक्तिको सकुशल उद्धार

विद्युत्का प्रसारण लाइनमा हिँड्ने व्यक्तिको सकुशल उद्धार


काठमाडौं । नुवाकोटको ककनीस्थित विद्युत् प्रसारणलाइनमा हिँड्ने एक व्यक्तिको शनिबार नेपाली सेनाले सकुशल उद्धार गरेको छ । पोलबाट चढेर विद्युत्को प्रसारणलाइनमा हिँड्ने र झुण्डिने गरेका ती व्यक्ति नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ का माइला भन्ने प्रेम विक रहेका खुल्न आएको छ । उक्त प्रसारणलाइन माथिल्लो त्रिशूली थ्री ‘ए’को हो । उनी टावरमा चढेको चाल पाएका स्थानीयले खबर गरेपछि विद्युत् प्राधिकरणका कर्मचारीले विद्युत् प्रसारण बन्द गरेका थिए । त्यसपछि ती व्यक्ति पोलबाट चढेर तारतारै हिँडेका दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काठमाडौँबाट हेलिकप्टरमा गएको सेनाको विशेष फौज बाहिनीबाट खटिएको तालिमप्राप्त टोलीले उनलाई उद्धार गरेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । तारमा चढेको आठ घण्टापछि उनलाई उद्धार गरिएको हो । प्रहरीका अनुसार उनी मानसिक रोगी भएको जानकारी आएको र थप अनुसन्धान भइरहेको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया