Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकर्न सीडब्लु ७० स्मार्टवाच नेपाली बजारमा

कर्न सीडब्लु ७० स्मार्टवाच नेपाली बजारमा


काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा नयाँ स्मार्टवाच मोडल लन्च गरेको छ । कम्पनीको नेपालका लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक क्यामियो इन्टरनेशनल प्रालिले नेपालमा नयाँ स्मार्ट वाचहरुको घोषणा गरेको हो ।

कर्नको विश्वस्तरीय स्मार्ट वाच सीडब्लु ७० मोडल नेपालमा उपलब्ध भएको छ । कर्नको नयाँ स्मार्टवाचमा १.८२ इन्चको आईपीएस डिस्प्ले, वाटरप्रुफ फिचर, बिग व्याट्रि क्यापासिटी, वायरलेस चार्जिङ्ग, ब्लड अक्सिजन मनिटर, हर्टरेट मनिटर लगायतका विशेषता छन् । यसका साथै यसमा यसको सबैभन्दा ठूलो विशेषता भनेको ब्लूटूथ कलिङ्ग फिचर रहेको छ। नयाँ स्मार्टवाचमा तीन सय ६५ दिनको वारेन्टी पनि छ । कम्पनीका म्यानेजिङ डाइरेक्टर राज गुप्ताले नेपाली बजारमा विश्वस्तरका गुणस्तरीय एसेसरिजहरु उपलब्ध गराउँदै आएको र बजेट सिरिजमा ब्लूटूथ कलिङ्ग फिचरसहित स्मार्ट वाच पनि ल्याएको बताए ।

कम्पनीले कर्न सीडब्लु ७० स्मार्टवाचको बजार मूल्य छ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ भने प्रिबुक गर्नेहरुले छ हजार चार सय ९९ रुपैयाँमा किन्न सक्नेछन् । प्रि बुक गर्नेहरुलाई फोल्डेबल पोर्टेबल वाटर स्प्रे फ्यान उपहारमा दिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया