Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमेडिसिटी वयोधा अस्पतालमा रक्तदान कार्यक्रम

मेडिसिटी वयोधा अस्पतालमा रक्तदान कार्यक्रम


काठमाडौं । विश्व रक्तदाता दिवसको उपलक्ष्यमा मेडिसिटी वयोधा अस्पतालमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरेका छन् । जुन १४ लाई संसारभर विश्व रक्तदाता दिवसको रुपमा मनाइने क्रममा मेडिसिटी अस्पतालले नेपाल रेडक्रस सोसाइटी, वीरगञ्जको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी, जनपद प्रहरी, विभिन्न संघ÷संस्था, स्थानीय नागरिक, अस्पतालका कर्मचारीहरुले रक्तदान गरेका छन् । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले रक्तदान जीवनदान भनिए पनि हत्तपत्त मानिसहरु रक्तदान गर्न अभिप्रेरित नहुने भएकोले जनचेतना अभिवृद्धिमा अझ बढी काम गर्नुपर्ने बताए । अस्पतालले आमनागरिकहरुको स्वास्थ्यमा ध्यान दिँदै सबैलाई उपचार गर्ने अवस्था सिर्जना गर्नुपर्ने र पैसाको अभावमा बिरामीहरुलाई उपचार नगर्ने, पैसा नतिरेकाका लागि अस्पतालले बन्धकी बनाउनेजस्ता कार्यहरु गर्न नहुनेमा उनले जोड दिए ।

मेडिसिटी वयोधा अस्पतालका प्रमुख विजय रिमालले हालै नेपाल मेडिसिटी अस्पताल काठमाडौंले नारायणी वयोधा अस्पतालको स्वामित्व ग्रहण गरी अस्पतालको व्यवस्थापनलाई अझ परिष्कृत गर्दै लगेको बताए । साथै उनले निकट भविष्यमा क्याथ ल्याबसहित मुटुरोगको सम्पूर्ण उपचारका लागि नेपाल मेडिसिटी अस्पतालबाट चौबीसै घण्टा विशेषज्ञ चिकित्सकहरुको व्यवस्था गर्ने योजना रहेको जानकारी दिए । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया