Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधएजुकेसन एन्ड माइग्रेसन कर्नरको होम्स इन्स्टिच्युटसँग सम्बन्धित ‘एड्मिसन इभेन्ट’ सम्पन्न

एजुकेसन एन्ड माइग्रेसन कर्नरको होम्स इन्स्टिच्युटसँग सम्बन्धित ‘एड्मिसन इभेन्ट’ सम्पन्न


काठमाडौं । होम्स इन्स्टिच्युट अस्ट्रेलियाले काठमाडौंको एजुकेसन एन्ड माइग्रेसन कर्नरसँग सहकार्यमा ‘एड्मिसन इभेन्ट २०२२’ सम्पन्न गरेको छ । होम्स इन्स्टिच्युट अस्ट्रेलियाको शैक्षिक संस्था हो, जसले बहुआयामिक विषयहरु भेट, हाइयर एजुकेसन, इङ्लिस ल्यांग्वेज, एमबीएलगायत विषयमा शैक्षिक सेवा प्रदान गर्दै आएको छ ।

होम्स इन्स्टिच्युटले मेलबर्न, सिड्नी, ब्रिसबेन, गोल्ड कोस्ट, केन्ज्समा आफ्ना क्याम्पसहरू सञ्चालन गर्दै आएको छ । होम्स इन्स्टिच्युटले विद्यार्थीहरूका समस्या तथा गुनासाहरू समाधान गर्नका लागि इन्स्टिच्युटमा स्टुडेन्ट केयर युनिट पनि सञ्चालन गरेकाले विद्यार्थीहरूलाई होम्स इन्स्टिच्युटमा अध्ययन अवधिभर सहज हुने इन्स्टिच्युटका बिजनेस डेभलपमेन्ट डाइरेक्टर टेरी मेलोन बताउँछन् । बिजनेस डेभलपमेन्ट डाइरेक्टर टेरी मेलोनले होम्स इन्स्टिच्युटको अध्यापनको अनुभव र विद्यार्थीहरूको सीप विकास हात परेको सफलताको पाटो नै सबैभन्दा अब्बल रहेको जानकारी दिए ।

होम्स इन्स्टिच्युट विद्यार्थीहरूको शिक्षा र सीप विकासमा केन्द्रित विषयको शैक्षिक सेवामा उत्कृष्ट बन्दै अघि बढ्दै गरेको एउटा अल्टरनेटिभ पाथवे प्रोभाइडर रहेको एजुकेसन एन्ड माइग्रेसन कर्नरकी एकेडेमिक काउन्सिलर गीता पाण्डेले जानकारी गराइन् । होम्स इन्स्टिच्युटमा अध्ययन गर्न जाने विद्यार्थीहरू अस्ट्रेलियामा मात्र नभएर विश्वका अन्य कैयौँ राष्ट्रहरूमा सहजसँग जीवनयापन गरिरहेको अनुभव साट्दै टेरी मलोनले एड्मिसन भइसकेका विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना दिँदै इच्छुक विद्यार्थीहरूलाई थप शैक्षिक परामर्श प्रदान गरे ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया