Techie IT
×
गृहपृष्ठबिबिधअमेरिकन चेम्बर अफ कमर्सको प्रगति बैठक आयोजना

अमेरिकन चेम्बर अफ कमर्सको प्रगति बैठक आयोजना


काठमाडौं । नेपालमा रहेको अमेरिकन चेम्बर अफ कमर्सले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्थापनादेखि हालसम्मका उपलब्धिहरूबारे चर्चा गरेको छ । कार्यक्रममा अध्यक्ष अजित शाहले यस चेम्बरमा अहिले २८ सदस्यसहित तीन समितिहरु रहेको जानकारी दिए ।

समितिहरू निर्धारण गर्न एमच्यामले सदस्य र सम्भावित सदस्यहरू बीच सर्वेक्षण गरेको थियो । प्रतिक्रियाको आधारमा समितिहरूलाई वकालत र नीति, अर्थ र नेटवर्किङमा विभाजन गरिएको छ । समितिले अब विभिन्न समस्याहरूलाई सम्बोधन गर्न र अमेरिकी र नेपाली कम्पनीहरूबीचको सम्बन्धलाई सहज बनाउन काम गर्नेछ जसले गर्दा स्थानीय कम्पनीहरूले अमेरिकी कम्पनीहरूसँग काम गर्दै आफ्नो व्यवसाय विस्तार गर्न र अमेरिकी कम्पनीहरूलाई नेपालमा लगानी गर्ने अवसरहरूबारे चेतना अभिवृद्धि गर्न सक्नेछन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया