Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआरोही श्रेष्ठ र कान्समा अवार्ड विजेता शाहलाई सम्मान

आरोही श्रेष्ठ र कान्समा अवार्ड विजेता शाहलाई सम्मान


काठमाडौं । नेपाल उद्योग परिसंघको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ ।

श्रेष्ठले हालै नेपालमा रहेका आठ हजार बढी उचाइका सातवटा हिमालको सफल आरोहण गरेका थिए । साथै उनले एकै सिजनमा तीनवटा हिमालको पनि सफल आरोहण गरेका थिए । यस्तै पटकथा र सिर्जनशीलतामा विशेष कुशलता भएका चलचित्र निर्माता शाहले हालै फ्रान्समा सम्पन्न प्रतिष्ठित कान्स फिल्म फिस्टिभलमा लोरी चलचित्रमार्फत स्पेसल मेन्सन अवार्ड जितेका थिए ।

परिसंघको उपाध्यक्ष समेत रहेका पर्यटन समिति सभापति राजबहादुर शाह, समिति सदस्य पम्फा धमला, परिसंघ महानिर्देशक दिपकराज जोशीले उनीहरुलाई सम्मान गरेका हुन् । उनीहरुको यस सफलताले नेपालको पर्यटन प्रवद्र्धनमा थप योगदान पुग्न गएको परिसंघको विश्वास छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया