Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसवारीचालकलाई सचेतना जगाउने र अनुशासित बनाउने ट्राफिक बोर्ड

सवारीचालकलाई सचेतना जगाउने र अनुशासित बनाउने ट्राफिक बोर्ड


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीचालकहरूलाई सचेतना जगाउन र स्वअनुशासित बनाउन ट्राफिकमैत्री बोर्डहरू राख्ने अभियान सञ्चालन गरेको छ । यस जनचेतनासँगै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेउपर कारबाही अभियानलाई पनि तीव्रता बनाएको जनाएको छ । दुर्घटना कम गर्ने र सडक अनुशासन कायम गर्न कानुनमै भएअनुसारको सचेतनाका लागि सूचना टाँस गरेको कार्यालय प्रमुख एसएसपी उमेशराज जोशीले बताए ।

‘बोर्डमा सवारी नियम जरिवानासम्बन्धी विभिन्न जनचेतनामूलक कुराहरू राखेका छौँ,’ उनले भने, ‘यसले सडक प्रयोग गर्नेहरूलाई सचेत गराउने र दुर्घटना न्यूनीकरणमा सहयोग पु-याउने अपेक्षा छ ।’ यस्ता बोर्डहरू माइतीघर, सिंहदरबार, पद्मोदय, पुत्तलीसडक, सीतापाइला, हलचोक, सामाखुशी, नयाँबसपार्क, माछापोखरी, बालजु, गोंगबु, ग्रीनल्यान्ड, सल्लाघारी, सूर्यविनायक, जगाती, ग्वार्को, सातदोबाटो, महालक्ष्मीस्थानलगायत उपत्यकाको विभिन्न स्थानहरूमा सडकको बीच भागमा राखिएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया