Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपाँच प्रतिशत उम्मेदवारले मात्रै बुझाए खर्चविवरण

पाँच प्रतिशत उम्मेदवारले मात्रै बुझाए खर्चविवरण


सोलुखुम्बु । सोलुखुम्बुका ५ प्रतिशत निर्वाचित जनप्रतिनिधि तथा उम्मेदवारहरूले मात्रै निर्वाचन खर्च विवरण पेस गरेका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका ५ दशमलव ७ प्रतिशत अर्थात् ४७ जना उम्मेदवार तथा निर्वाचित जनप्रतिनिधहरूले मात्रै निर्वाचन खर्चविवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्लाको माप्यदुधकोशी गाउँपालिकाका निर्वाचित अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष गौरव राईसहित २९ जनाले खर्चविवरण पेस गरेको कार्यालयका सूचना अधिकारी नेत्र प्रसाद घिमिरेले जानकारी दिए । यस्तै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा र उपमेयर गान्धी माया तामाङसहित आठ जना, नेचासल्यान गाउँपालिका अध्यक्षका प्रत्यासीहरू डुफकुमार बास्तोला र विष्णु प्रसाद बास्तोला र महाकुलुङ गाउँपालिका अध्यक्षका उम्मेदवार भक्त राई र उपाध्यक्षका उम्मेदवार शुभधनी राईसहित जना आठ जनाले खर्च विवरण पेस गरेको कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ र स्थानीय तह निर्वाचन नियमावली २०७३ बमोजिम मत परिणाम घोषणा भएको ३० दिनभित्र विजयी तथा पराजित सबै उम्मेदवारहरूले अनिवार्यरूपमा निर्वाचन खर्च पेस गर्नुपर्ने प्रावधान रहेको छ । तोकेको समयभित्र खर्चविवरण पेस नगरेका उम्मेदवारहरूकोे नाम कारबाहीका लागि सिफारिस गर्न निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयहरूलाई पत्राचार गरेको छ ।

गत वैशाखमा सम्पन्न निर्वाचनमा सोलुखुम्बुमा आठ सय सात जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा सोलुदुधकुण्ड नगरपालिकामा एक सय ८९, थुलुङ दुधकोशी गाउँपालिकामा एक सय ४४, नेचासल्यानमा ९३, सोताङमा ८०, महाकुलुङमा ८०, माप्यदुधकोशीमा ८५, खुम्बु पासाङ ल्हामुमा ६२ र लिखुपिकेमा ८५ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया