Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधएक महिनादेखि बेपत्ता भएका दुई विदेशीको खोजीमा मौसम बाधक

एक महिनादेखि बेपत्ता भएका दुई विदेशीको खोजीमा मौसम बाधक


सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक महिनाभन्दा बढी समयदेखि बेपत्ता दुई विदेशी पर्यटकको खोजीमा मौसम बाधक बनेको छ । गएको जेठ ५ गते खुम्बु भ्रमणमा आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्र मोहन र कोरियन नागरिक ५० वर्षीया योहन सम्पर्कविहीन रहेका छन् ।

प्रहरीले नेपाली सेनाको समेत सहयोगमा खोजी कार्यलाई तीव्रता दिए पनि निरन्तरको वर्षा तथा भौगोलिक कठिनाइका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए । उनले भने, ‘हामीले गोकियो, थाङबोचे र एभरेष्ट बेसक्याम्प क्षेत्रमा तीन टोली बनाएर खोजी गरिरहेका छौँ, वर्षा भइरहेको छ, कुहिरोले भिजिबिलिटी केही देखिँदैन, अझ भिर र जंगलको क्षेत्र भएकाले झनै गाह्रो भइरहेको छ ।’ खोजीका लागि भारत र कोरियाबाट आएका आफन्तहरू पनि सक्रिय रहेको जनाइएको छ । बेपत्ताहरू दुवै जना पथप्रर्दशकविना एक्ला–एक्लै भ्रमणमा आएका कारण अवस्था पत्ता लगाउन सकस परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया