Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलागुऔषध तथा अपराधविरुद्ध सूचना डेस्क तथा सडक नाटक

लागुऔषध तथा अपराधविरुद्ध सूचना डेस्क तथा सडक नाटक


बीरगञ्ज । सानो पाइलाले लागुऔषध तथा अपराधविरुद्ध जनचेतना प्रवाह गर्न सूचना डेस्क स्थापना तथा सडक नाटक प्रदर्शन गरेको छ । गत असार १२ गतेबाट सुरु भएको लागुऔषध दुव्र्यसन तथा ओसारपसारविरुद्धको सातदिने अभियानलाई सानो पाइलाले मंगलबार पनि जारी राखेको हो ।

‘विपत्मा स्याहार’ भन्ने नाराका साथ सुरु भएको अभियानको तेस्रो दिन सानो पाइलाले सूचना सम्प्रेषण दिवसको रूपमा मनाएको जनाएको छ । मंगलबार बिहान वीरगञ्जस्थित घण्टाघर र बसपार्कमा सूचना डेस्क स्थापना गरिएको थियो । उक्त डेस्कबाट लागुऔषध तथा अपराधविरुद्धका जनचेतनामूलक सामग्रीहरू बाँडिएको संस्थाले जनाएको छ । डेस्कबाट बाँडिएको सामग्रीहरूमा लागुऔषध सेवन गरिरहेका व्यक्तिहरूमा आउने परिवर्तनहरूका बारे उल्लेख गरिएको थियो । व्यक्तिको व्यवहारमा आएका परिवर्तनहरूलाई पहिचान गर्दै समयमै परामर्शका लागि पहल गरिए, लागुऔषधको कुलतबाट उम्किन सम्भव छ भन्ने सन्देश डेस्कबाट प्रवाह गरिएको हो । त्यसैगरी मंगलबारै साँझ सडक नाटक पनि प्रदर्शन गरिएको संस्थाले जनाएको छ । लागुऔषध पुनर्थापनाको १५ वर्षे अनुभवले लागुऔषधको कुलतमा फस्नेहरू अधिकांश किशोर उमेरमै संगतका कारण फस्ने गरेको देखाएको हुँदा त्यही विषयवस्तुलाई नाटकमार्फत चित्रण गरेको संस्थाले जनाएको छ ।

लागुऔषधको कुलतमा अनाहकै फस्नेहरूलाई पुनः सामान्य जीवनमा फर्काउन आवश्यक पर्ने विधिहरू पनि नाटकमा समावेश गरिएको थियो । सानो पाइलाको पुनस्र्थापना केन्द्रका प्रतिनिधि र बालगृहका बालबालिकाहरूले संयुक्तरूपमा नाटक तयार गरी प्रदर्शन गरेका थिए । लागुऔषध तथा अपराधविरुद्धको सातदिने अभियान सामुदायिक–प्रहरी साझेदारीअन्तर्गत सञ्चालित छ । अभियानअन्तर्गतको चौथो दिन बुधबार हाल कुलतमा फसेका व्यक्तिहरूको परिवारका सदस्यसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ । कुलतमा फसेका व्यक्तिहरूलाई उचित परामर्श र उपचारका साथै पारिवारिक प्रोत्साहन पनि आवश्यक रहेकोले उनीहरूसंग छलफलमा जुट्न लागेको संस्थाको भनाइ छ । यो कार्यक्रम बुधबार बिहान ११ बजेदेखि सामुदायिक पुनस्र्थापना केन्द्रमा सञ्चालन हुने बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया