Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधएसईईमा सहभागी विद्यार्थीहरुका लागि फुटसल र बास्केटबल प्रतियोगिता

एसईईमा सहभागी विद्यार्थीहरुका लागि फुटसल र बास्केटबल प्रतियोगिता


काठमाडौं । युनिग्लोब सेकेन्डरी स्कुल/कलेज कमलादी, काठमाडौंको आयोजनामा एसईई फुटसल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिता बिहीबारदेखि शनिबारसम्म कमलादीस्थित युनिग्लोब सेकेन्डरी स्कुल/कलेजमा हुनेछ । फुटसलमा पुरुष टोली र बास्केटबलमा महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता आयोजना गरिएको हो । फुटसलको विजेता टोलीले नगद ५० हजार, उपविजेताले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै बास्केटबलतर्फ महिला र पुरुष दुवैतर्फबाट विजेताले २५ हजार, उपविजेताले १५ हजार र तृतिय हुनेले १० हजार रुपैयाँ पाउनेछन् ।

फुटसलतर्फ ६४ वटा टिम र बास्केटबल पुरुषतर्फ ३२ वटा टिम र बास्केटबल महिलातर्फ १६ वटा टिम सहभागी हुनेछन् । कमलादीस्थित युनिग्लोब कलेजमा मंगलबार पत्रकार सम्मेलन गरी सम्पुर्ण टिमहरुलाई ओरियन्टेसन गरी कार्यक्रमबारे जानकारी दिइएको थियो । उक्त खेलमा यस वर्ष एसईई दिएर बसेका विद्यार्थीहरुमात्र सहभागी हुन सक्नेछन् भने सहभागिताको लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया