Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसंघीय निजामती सेवा ऐन जारी गर्न माग

संघीय निजामती सेवा ऐन जारी गर्न माग


काठमाडौं । संघीय संसद्को चालू अधिवेशनबाट यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्न राष्ट्रियस्तरका पाँच ट्रेड युनियनले सरकारसँग माग गरेका छन् ।

पाँच ट्रेड युनियनले बुधबार संयुक्तरूपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै आफूहरूको सुझाव समेत समेटी ऐन जारी गर्न माग गरेका हुन् ।

सरोकारवाला पक्षको सहमतिमा निजामती प्रशासनलाई संघीय शासनअनुरूपको ढाँचामा व्यवस्थित गरी सेवा प्रवाहलाई चुस्त दुरुस्त, प्रभावकारी, पारदर्शी एवं नागरिकमैत्री गराउने कार्यमा सहयोग पुग्ने गरी ऐन जारी गर्न सुझावसमेतलाई समेट्न उनीहरूको आग्रह छ । सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यमका रूपमा रहेको देशको निजामती सेवालाई व्यवस्थापन गर्ने विषय सरकारको प्राथमिकतामा नपर्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै ट्रेड युनियनले यस विषयमा सरकार र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदै आएको जनाएका छन् । समग्र कर्मचारीको साझा हित र निजामती प्रशासनका मार्गदर्शनको रूपमा रहेको ऐन निर्माणको प्रक्रियामा सरोकारवाला पक्षको अर्थपूर्ण सहभागिता अपरिहार्य रहने यस्ता विषयमा सम्बन्धित पक्षसँग सघन छलफलको आवश्यकता रहेको ज्ञापनपत्रमा जनाइएको छ ।

देश संघीय राज्य व्यवस्थामा गएको लामो समयसम्म पनि संघीय शासन प्रणालीको कार्यान्वयनको लागि संघ, प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासन व्यवस्थापन एवं मार्गदर्शन गर्ने छाता कानुनको रूपमा रहेको निजामती सेवा जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भुमरीमा परेको ट्रेड युनियनको माग छ ।

निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन र नेपाल मधेश निजामती कर्मचारी मञ्चले बुधबार प्रधानमन्त्री देउवालाई संयुक्त ज्ञापनपत्र बुझाएका हुन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया