Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बुमा इन्धनको भाउ घटेन, उपभोक्ता ठगिँदै

सोलुखुम्बुमा इन्धनको भाउ घटेन, उपभोक्ता ठगिँदै


सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा दुधकोशी आयल स्टोर सल्लेरीले घटेको इन्धनको मूल्य कार्यान्वयन नगरेको पाइएको छ । असार ११ गते राति १२ बजेदेखि लागू हुनेगरी सरकारले पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ र डिजेलमा प्रतिलिटर २९ रूपैयाँ मूल्य घटाए पनि सल्लेरीमा भने पुरानै मूल्यमा इन्धन बिक्री गरिरहेको पाइएको हो ।

घटेको भाउअनुसार सल्लेरीमा पेट्रोल प्रतिलिटर एक सय ९३ रूपैयाँ तीन पैसा र डिजेल एक सय ७४ रूपैयाँ तीन पैसा हुनुपर्नेमा पम्पले अहिले पुरानै मूल्यअनुसार पेट्रोल प्रतिलिटर दुर्ई सय १३ रूपैयाँ तीन पैसा र डिजेल दुई सय तीन रूपैयाँ तीन पैसामा बिक्री गरेर उपभोक्ता ठगिरहेको छ । पम्पका कर्मचारी सोनाम शेर्पाले आफूहरूसँग स्टक तेल रहेकाले मूल्य नघटेको बताए । स्टक सकिएपछि मात्रै घटेको मूल्य कार्यान्वयन हुने उनको भनाइ छ । मुख्य वृद्धि हुँदा तत्काल कार्यन्वयन हुने तर घट्दाचाहिँ किन नहुने भन्ने प्रश्नमा पम्पका कर्मचारी शेर्पाले स्टक भएकाले कार्यान्वन नभएको जवाफ दिए ।

सरकारले देशभर मूल्य घटाएको चार दिन बितिसके पनि सोलुमा लागू नहुँदा उपभोक्ता ठगिएको सल्लेरीका दिलिप थापा मगरले गुनासो गरे । सदरमुकाम सल्लेरीमै उपभोक्ता ठगिँदा समेत सम्बन्धित निकाय मुकदर्शक भनेको उनको गुनासो छ । प्रमुख जिल्ला अधिकारी अनिल खनालले यस विषयमा तत्काल छानबिन गरी आवश्यक कदम चाल्ने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया