Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनेपालगञ्जमा आर्थिक विकासमा टेवा दिने चार क्षेत्र

नेपालगञ्जमा आर्थिक विकासमा टेवा दिने चार क्षेत्र


बाँके फागुन ९
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले व्यापार व्यवसायको प्रवर्द्धनका लागि स्थानीय सरकार आफ्नो तर्फबाट सक्दो सहयोग गर्न सधैँ तयार रहेको बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा जर्मन सरकारको प्राविधिक सहयोगमा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजनाअन्तर्गत प्रस्पिर्धात्मक लाभको सहभागितामूलक विश्लेषण परिणाम प्रस्तुति कार्यशालामा बिहीबार प्रमुख राणाले व्यापार व्यवसाय बढाउन सबल पक्षमा सरलीकरण र सहजीकरण गर्न तयार रहेको बताए । उनले आगामी वर्षदेखि नेपालगञ्जमा आर्थिक प्रवर्द्धन विभाग स्थापना गरेर नयाँ व्यवसायका लागि सहयोग गर्ने योजना रहेको बताए ।

कार्यक्रममा पहिचान गरिएका क्षेत्रबाट छिटो नतिजा दिने कार्यक्रम तत्काल कार्यान्वयन गर्न प्रमुख राणाले आग्रह गरे । जीआईजेडका प्राविधिक सल्लाहकार फोल्कर स्टिगरवाल्डले सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यले आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ११ दिनसम्म चलेको गोष्ठीमा सहभागी विभिन्न क्षेत्रका ब्यक्तिहरुले नेपालगञ्ज क्षेत्रको आर्थिक विकासमा टेवा दिने प्रमुख चार आधार तरकारी र फलफुल, खाद्य प्रशोधन, दुध(डेरी) र व्यापार(पर्यटन)लाई पहिचान गरेका छन् ।

यसको उद्देश्य स्थानीय अर्थतन्त्रलाई जागृत गर्नुको साथै यसमा देखिने जोखिमको सामना गर्न सक्ने क्षमतालाई सशक्त बनाउनु रहेको छ । यो परियोजना प्रदश ५ का ३ सहित देशका ११ स्थानीय तहमा कार्यान्वयनमा छ । कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी वलीलगायतको सहभागिता थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया