Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनगरपालिकामा सेनेटरी प्याड वितरण

नगरपालिकामा सेनेटरी प्याड वितरण


अर्घाखाँची, फागुन १२
सन्धिखर्क नगरपालिकाले नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा सेनेटरी प्याड वितरण कार्यक्रमलाई तीव्रता दिइएको छ । जसअन्तर्गत वडा न ८ मा रहेको जनता कृष्ण माविमा आइतबार सेनेटरी व्याड वितरण गरेको छ । विद्यालयका छात्राहरुलाई प्याड वितरण गर्दै उपप्रमुख ठाकुर कुमार विकले छात्राहरु रजस्वला हुँदा विद्यालयमा नआउने हुँदा पाठ्यक्रम अपेक्षित अध्ययन गर्नबाट बन्चित भएकोले त्यसलाई रोक्नको लागि प्याड वितरण गरिएको बताए । महिलाहरु रजस्वला हुनु प्राकृतिक र स्वाभाविक प्रक्रिया भए पनि मानिसमा रहेको साँस्कृतिक र परम्परागत सोचका कारण सुधार हुन नसकेको बताउँदै यसको सुधारको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया