Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमहिलाको नाममा जग्गा पास गराउनेको संख्यामा कमी

महिलाको नाममा जग्गा पास गराउनेको संख्यामा कमी


सोलुखुम्बु । सोलुखुम्बुमा महिलाका नाममा घर/जग्गा पास (लिखत) गराउनकोे संख्या २५ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा घर/जग्गा पास गर्ने महिलाको संख्या २५ प्रतिशतले घटेको मालपोत कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा एक हजार चार सय एक जनाले जग्गा पास गराएकोमा पाँच सय ३२ जना महिला रहेका थिए । तर गत आर्थिक वर्षमा एक हजार तीन सय ७५ जनाले जग्गा पास गराउँदा चार सय एक जना मात्रै महिला रहेका छन् । जुन अघिल्लो आर्थिक वर्षको भन्दा संख्यात्मक हिसाबले एक सय ३१ जनाले र प्रतिशतको हिसाबले २५ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको साउनमा ४७ पुरुष र २० महिला, भदौमा ३६ पुरुष र २८ महिला, असोजमा ७७ पुरुष र ३९ महिला, कात्तिकमा ६४ पुरुष र २१ महिला, मंसिरमा ११० पुरुष र ५४ महिला र पुसमा ११३ पुरुष र ४१ जना महिलाको नाममा जग्गा पास भएको छ । यस्तै मागमा एक सय १३ पुरुष र ३७ महिला, फागुनमा १४३ पुरुष र ४९ महिला, चैत्रमा ९४ पुरुष र ३४ महिला, वैशाखमा ४९ पुरुष र २३ महिला, जेठमा ७९ पुरुष र ३९ महिला र असारमा ४५ पुरुष र १६ जना महिलाले आफ्नो नाममा जग्गा पास गराएको मालपोत अधिकृत पदम प्रसाद अर्यालले जानकारी दिए । जसबाट ३१ लाख ८० हजार चार सय ७३ रूपैयाँ राजस्व छुट भएको अधिकृत अर्यालले बताए । सरकारले महिला र दलितको नाममा घर जग्गा पास (लिखत) गर्दा २५/२५ प्रतिशत राजस्व छुट दिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया