Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमिड–भ्याली इन्टरनेशनल कलेजद्वारा ‘नेपालमा वित्तीय प्रविधिको बढ्दो उपयोग’ विषयमा छलफल

मिड–भ्याली इन्टरनेशनल कलेजद्वारा ‘नेपालमा वित्तीय प्रविधिको बढ्दो उपयोग’ विषयमा छलफल


काठमाडौं । मिड–भ्याली इन्टरनेशनल कलेजका बीबीए (फाइनान्स) पहिलो समूहका विद्यार्थीहरूले ‘नेपालमा वित्तीय प्रविधिको बढ्दो उपयोग’को विषयमा छलफल गरेका छन् । पाठ्यक्रम भएको विषयवस्तुलाई थप स्पष्ट बनाउनको लागि उक्त छलफल चलाइएको थियो ।

उक्त कार्यक्रम स्थानीय र विश्वव्यापी परिप्रेक्ष्यमा फिनटेक उद्योगमा भएका आविष्कारहरु परिवर्तनहरू अन्वेषण गर्ने उद्देश्यका साथ आयोजना गरिएको कलेजका अधिकारीहरुले बताए । विद्यार्थीहरूलाई यस बढ्दो उद्योगको नजिक ल्याउन र वर्तमान परिदृश्य र भविष्यका सम्भावनाहरूको सन्दर्भमा चेतना जगाउने लक्ष्य रहेको कलेजले जनाएको छ । छलफलका क्रममा एफ वान सफट इन्टरनेशनल प्रालिका सीईओ शुभाष शर्माले सिमलेस लेनदेनको लागि प्राविधिक प्लेटफर्ममा व्यवसाय र मानिसहरूलाई जोड्दा खर्च कम, समयको बचावट र पारदर्शिता रहने बताए ।

ठमेल रेमिट प्रालिका सहसंस्थापक बालकृष्ण जोशीले प्रविधिका कारण पैसा क्षणभरमै विश्वको जुनसुकै स्थानमा पठाउन सकिने अवस्था हाल बनेको बताए । प्रविधिकै कारण सहज र विश्वासपूर्ण रुपमा आफनो व्यवसाय ढुक्कसँग सञ्चालन गर्दै आएको उनले बताए । यस्तै, सोर्स कोड प्रालिका प्रबन्धनिर्देशक डाइरेक्टर अभिजित श्रेष्ठले डाटा–केन्द्रित निर्णय लिने र प्रविधिलाई उच्च उपयोग गर्नसकेका अत्यधिक नवयुवा व्यवसायी सहजै सफल भएको बताए । विद्यार्थीहरुले अब हरेक क्षेत्रमा प्रविधि जोड्नु आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रमलाई सिंगापुर बेभरेज नेपाल प्रालिले प्रायोजन गरेको थियो । कार्यक्रमको मिडिया पार्टनर भने जुपिटर मिडिया रहेको थियो । कार्यक्रममा काठमाडौंका विभिन्न कलेजका दुई सयभन्दा बढी विद्यार्थी र शिक्षा/फिनटेक समुदायका सदस्यहरुको सहभागिता थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया