Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बुमा सम्बन्धविच्छेद गर्ने घटे

सोलुखुम्बुमा सम्बन्धविच्छेद गर्ने घटे


सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्या २१ प्रतिशतभन्दा बढीले घटेको छ । आर्थिक वर्ष २०७७/७८ को भन्दा ०७८/७९ मा सम्बन्धविच्छेद गर्नेको संख्यामा २१ दशमलव ०६ प्रतिशतले कमी आएको सोलुखुम्बु जिल्ला अदालतले जनाएको छ ।

तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा महिला वादी भएका २७ र पुरुष वादी भएका ११ गरी कुल ३८ थान सम्बन्धविच्छेदका मुद्दा परेको थियो । तर गत आर्थिक वर्षमा भने महिला वादी भएका २३ र पुरुष वादी भएका सात गरी ३० थान मात्रै मुद्दा दर्ता भएको छ । जुन संख्यात्मक हिसाबले आठ थान र प्रतिशतको हिसाबले २१ दशमलव ०६ प्रतिशतले कमी हो । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका २४ र गत आर्थिक वर्षमा दर्ता भएका ३० थानमध्ये ४० थान सम्बन्धविच्छेदका मुद्दा गत वर्ष फैसला भएको अदालतका सूचना अधिकारी नागेन्द्र कुमार कालाखेतीले जानकारी दिए ।

उनका अनुसार १४ थान मुद्दा भने जिम्मेवारी सरेर चालू आर्थिक वर्षमा आएको छ । कतिपय श्रीमान्श्रीमतीको मुद्दाहरू स्थानीय तहहरूको न्यायिक समितिमा नै मिलापत्र गराउने भएकाले अदालतसम्म पुग्नेको संख्या घटेको हुनसक्ने सूचना अधिकारी कालाखेतीको भनाइ छ । वैदेशिक रोजगार, अशिक्षा, सानो उमेरमा हुने विवाहलगायतका कारण यस जिल्लामा सम्बन्धविच्छेद गर्नेको संख्या वर्षेनी बढ्दै गएको थियो । तर गत वर्ष भने संख्यामा कमी आएको सोलुखुम्बु जिल्ला अदालतले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया