Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवन्यजन्तुबाट भएको क्षतिको राहतमा ८४ लाख खर्च

वन्यजन्तुबाट भएको क्षतिको राहतमा ८४ लाख खर्च


सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट भएको क्षतिमा मात्रै ८४ लाख रूपैयाँभन्दा बढी रकम खर्च गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा निकुञ्जको कार्यालय नाम्चेले वन्यजन्तुबाट क्षति भएका पशुचौपायका धनीलाई ८४ लाख ७५ हजार पाँच सय तीन रूपैयाँ राहत प्रदान गरेको हो ।

कार्यालयका सूचना अधिकारी विष्णु रोकायका अनुसार निकुञ्ज क्षेत्रमा वर्षेनी भालु, चितुवा, ब्वाँसोलगायतका वन्यजन्तुबाट पशुधन तथा मानवीय क्षति हुनेगरेको छ । गत आर्थिक वर्षमा मात्रै २८७ वटा पशु चौपायमा चितुवा र ब्वाँसोले क्षति पु-याएको छ भने दुई जना मानिसलाई भालुले आक्रमण गरेको निकुञ्जको तथ्यांक छ । पीडित कृषकहरूलाई विभिन्न समयमा गरी सो राहत रकम वितरण गरिएको निकुञ्जको कार्यालयले जनाएको छ । निकुञ्जले पशुधनको सवालमा परिपक्व याक, नाकको क्षतिमा ३० हजार र सामान्य बच्चा याक नाक तथा भेडा, बाख्राको क्षतिमा १० हजार रूपैयाँ राहत रकम वितरण गर्ने गरिएको छ । मानवीय क्षतिको सवालमा प्रकृति हेरेर राहत रकम प्रदान गरिने निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया