Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बुमा भाइरल संक्रमण बढ्यो

सोलुखुम्बुमा भाइरल संक्रमण बढ्यो


सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या बढ्न थालेको छ । जिल्लाको विभिन्न स्थानहरूमा ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, जोर्नी दुख्ने, छाती र घाँटी दुख्नेलगायतका समस्या फैलिएको स्वास्थ्य संस्थाहरूले जनाएको छ ।

जिल्ला अस्पताल फाप्लुमा पछिल्लो दुर्ई हप्तामा भाइरस संक्रमणको बिरामी अत्यधिक मात्रामा बढेको छ । अस्पतालको ओपीडीमा आएका ७० प्रतिशतभन्दा बढी बिरामी ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, जोर्नी दुख्ने, छाती र घाँटी दुख्नेलगायतका रहेका छन् । उनीहरूमध्ये केहीलाई भर्ना नै गरेर उपचार गराइरहेको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले बताइन् । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र सल्यान, सोताङ प्राथमिक अस्पताल र महाकुलुङ प्राथमिक अस्पतालमा पनि रुघाखोकीको बिरामी बढेको छ । जिल्लाभरिमै भाइरल संक्रमण बढेकाले अस्पतालहरूमा पनि बिरामीको संख्या बढेको अस्पताल प्रशासनले जनाएको छ ।

समुदायमा फैलिएको संक्रमण विद्यार्थीमा समेत देखिएपछि जिल्लाको विभिन्न विद्यालयहरू बन्द गरिएको छ । विद्यार्थी अस्वस्थ भएर उपस्थिति आधभन्दा बढी घटेपछि यसअघि तीन दिन विद्यालय बन्द गरिएको पिके माध्यमिक विद्यालय लोदिङका प्रधानाध्यापक चेत बहादुर मगरले जानकारी दिए । यस्तै सोही समस्याका कारण ज्वालामाई आधारभूत विद्यलय तामाखानी पनि दुई दिन बन्द गरिएको थियो । संक्रमण बढ्दै गएकाले मास्क र सेनीटाइजरको प्रयोगलाई अनिवार्य गर्न चिकित्सकले सुझाव दिएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया