Techie IT
×
गृहपृष्ठबिबिधअरनिको इन्टरनेशनल कलेजले आईटी केन्द्रित कलेजको रूपमा आफूलाई स्थापित गर्ने

अरनिको इन्टरनेशनल कलेजले आईटी केन्द्रित कलेजको रूपमा आफूलाई स्थापित गर्ने


काठमाडौं । अरनिको इन्टरनेशनल एसएस एण्ड कलेजले आफूलाई नेपालकै एक मात्र आईटी केन्द्रित विद्यालय र कलेजको रूपमा स्थापित गर्ने भएको छ । त्यसका लागि कलेजले सोमबार आयोजित एक भव्य समारोहमा चार ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

समझदारीपत्रले उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई गुणस्तरीय आईटी शिक्षा उपलब्ध गराउने उद्देश्य राखेको छ, जसले बजारमा काम गर्न सक्षम आईटी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ । आईटी सेवा र डिजिटलाइजेसनको बढ्दो मागसँगै, विश्वव्यापी आईटी उद्योगमा दक्ष जनशक्तिको ठूलो अभाव छ ।

नेपाल तथा विदेशमा रहेका धेरै कम्पनीहरूले दक्ष जनशक्तिको अभावको सामना गरिरहेका छन् । भविष्यको मागलाई सम्बोधन गर्न उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई कार्य–योग्य आईटी सीपहरू उपलब्ध गराउने योजना बनाउन थालेका छन् । सोहीअनुरुप ट्रिलिफ टेक्नोलोजी, कार्फटर्स टेक्नोलोजी, एक्सफिन र बीआईटी इकोनिक प्रालिले अरनिको इन्टरनेशनल एसएस एण्ड कलेजसँग आफ्नो शिक्षामा व्यावहारिक आईटी सीपहरू समावेश गरेर विद्यार्थीहरूलाई भविष्यको आवश्यकताको लागि तयार पार्ने उद्देश्यसाथ सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

अरनिको इन्टरनेशनल एसएस एण्ड कलेजले आफ्नो स्कूल र कलेजमा व्यवहारिक आईटी सीपहरू प्रदान गर्दै आएको जनाएको छ । यस सम्झौताबाट टेक्नोलोजी कम्पनीहरूबाट मद्दत लिँदै कलेजले आफ्ना शिक्षार्थीहरूलाई दक्ष जनशक्तिमा परिणत गर्न सक्नेछ । एमओयूमा +२ लेभलमा अध्ययनरत विद्यार्थीहरूलाई फाइदा पुग्ने धेरै खण्डहरू समावेश छन् ।

हस्ताक्षर कार्यक्रममा अरनिकोका उपाध्यक्ष रमेश पराजुलीले आफ्ना विद्यार्थीहरूलाई बजारको आवश्यकताहरू बुझ्ने र तदनुसार आफूलाई तयार गर्ने बताए । कार्यक्रममा आईटी साझेदार ट्रिलिफ टेक्लोलोजिका सीटीओ अशोक कुमार पन्तले विश्वव्यापी आईटी डायस्पोरामा नेपाली आईटी क्षेत्रको गुणस्तर सुधार गर्न यस्तो कार्यक्रमको आवश्यकतामा जोड दिए । त्यस्तै एक्सफिनका कन्ट्री मेनेजर सविन महर्जनले बजारमा गुणस्तरीय आईटी जनशक्तिको अभाव रहेकोमा चिन्ता व्यक्त गरे ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया