Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदुग्ध विकास संस्थानद्वारा चाडपर्वका अवसरमा उपभोक्तालाई छुट

दुग्ध विकास संस्थानद्वारा चाडपर्वका अवसरमा उपभोक्तालाई छुट


काठमाडौ । दुग्ध विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य पदार्थमा छुट दिएको छ । संस्थानले चाडपर्वको समयमा उपभोक्तालाई सहुलियत प्रदान गर्ने नीतिअनुसार देशभर संस्थानका बिक्रीकक्ष रहेका स्थानमा दुग्धपदार्थ किन्दा विशेष छुटको व्यवस्था गरेको हो ।

संस्थानका सूचना अधिकारी एवं प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार दशैँ, तिहार तथा छठपर्वको अवसरमा डीडीसी घ्यूमा ५० रूपैयाँ, पनिरमा २० रूपैयाँ, चिज (सबै)मा २० रूपैयाँ र दहीमा १० रूपैयाँ सहुलियत प्रदान गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विस २०७९ भदौ १६ गते बसेको दशैँ, तिहार र छठलगायतका नेपालीका ठूला चाडपर्वलाई लक्षित गरी सामानमा छुटको व्यवस्था गर्ने निर्णयअनुसार संस्थानले उक्त सामानमा छुटको व्यवस्था गरेको जनाएको छ । उपभोक्ताले असोज १ देखि कात्तिक १५ गतेसम्म उक्त सामान खरिद गर्दा छुट पाउनेछन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया