Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसामुदायिक स्वास्थ्य सहयोग कार्यक्रम लोकप्रिय बन्दै

सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रम लोकप्रिय बन्दै


दोलखा । धुलिखेल अस्पताल दोलखाले जिल्लाका चार स्थानीयतहमा सञ्चालन गरेको सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रम लोकप्रिय बन्दै गएको छ । अस्पताल तथा स्वास्थ्य केन्द्रको पहुँचदेखि टाढा रहेका दोलखाका चारवटा स्थानीयतहहरूमा धुलिखेल अस्पतालले गतवर्ष उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमले सहजरूपमा स्वास्थ सेवाको पहुँच पुगेको धुलिखेल अस्पताल दोलखाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजकुमार दङ्गालले बताए । अस्पतालले भूकम्पपछि जिल्लाको भीमेश्वर नगरपालिका, बैतेश्वर, कालिञ्चोक र तामाकोशी गाउँपालिकामा स्वास्थ्य कर्मचारी नै खटाएर सामुदायिक स्वास्थ सहयोग कार्यक्रम सञ्चालन गरेको छ । ग्रामीण भेगमा उक्त कार्यक्रमको सेवा लिने बिरामी वृद्धि भएको अस्पतालको तथ्यांकले देखाएको छ । कार्यक्रमले ग्रामीण बस्तीका महिला तथा ज्येष्ठ नागरिक, बालबालिकाहरूलाई सहजरूपमा घरमै पुगेर सेवा दिएकाले सामुदायिक स्वास्थ्य कार्यक्रम लिनेहरूको संख्या वृद्धि हुँदै गएको डाक्टर दङ्गालले बताए ।

धुलिखेल अस्पतालले अस्पताल र स्वास्थ्य केन्द्रको पहुँचमा नरहेका विकट ग्रामीण बस्तीका नागरिकलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरेको हो । मुख्य गरी सुत्केरी महिलाले सहजरूपमा घरबाटै समयमै स्वास्थ परामर्श, प्रस्तुति सेवा पाएको अस्पतालले जनाएको छ । अस्पतालले सहजरूपमा निःशुल्क सेवा दिने हँुदा बिरामी दर र मृत्यु दर घट्दै गएको, प्रजनन दर, नवजात मृत्यु र बाल रोगमा पनि कमी आएको डाक्टर दङ्गाल बताए । धुलिखेल अस्पताल दोलखाले एक महिनाको अवधिमा नौ सय जनालाई सामुदायिक स्वास्थ सहयोग कार्यक्रममार्फत स्वास्थ सेवा दिने गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया