काठमाडौं । मंसिर १ देखि ७ गतेसम्म ‘कर सप्ताह’ मनाइने भएको छ । यसवर्ष स्वैच्छिक सहभागितासहितको फराकिलो कराधार : दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार भन्ने मूल नारामा राष्ट्रिय कर दिवस मनाइएको छ ।
कर शिक्षाको माध्यमबाट स्वेच्छिक कर सहभागितामा जोड दिई कराधार फराकिलो बनाउँदै जाने ध्येयका साथ सरोकारवालाहरूसँग सामूहिकरूपमा तथा संस्थागत सहकार्यमा अन्तरसंवाद, छलफल गरी व्यापक प्रचारप्रसार र कर सचेतता बढाउन यही मंसिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम तथा क्रियाकलापसहित विभाग र मातहतका सम्पूर्ण कार्यालयहरूबाट कर सप्ताह मनाइनेछ । साप्ताहिक कार्यक्रमको अवसरमा करदातालाई केन्द्र विन्दुमा राखी करदाताहरूको अधिकतम सहभागितासहित निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूको सहयोग तथा सहकार्यमा रचनात्मक कार्यक्रमहरू सञ्चालन हुने जनाइएको छ । यी कार्यक्रमहरूबाट आम नागरिकमा करसम्बन्धी जागरण आउने, करको दायरा थप विस्तार हुने तथा गुणस्तरीय सेवा प्रवाह भई स्वेच्छिक कर सहभागिता अभिवृद्धि हुने भएकोले दिवसको विशेष महत्व रहेको छ ।
नेपालमा मूल्यअभिवृद्धि कर लागू भएको दिनदेखि सात दिनसम्म कर सप्ताह मनाइन लागेको हो । २०६९ देखि सरकारले मंसिर १ लाई कर दिवसको रुपमा मनाउँदै आएको छ। मंसिर ७ गते अर्थात् समापनमा भने राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन समारोह आयोजना गरी करदाता सम्मानर कर्मचारी पुरष्कृत गर्ने कार्यक्रम रहेको छ । यसअघि पनि सबैभन्दा बढी कर तिर्ने व्यक्ति, कम्पनी तथा संस्थालाई सम्मान गर्दै आएकोमा त्यसलाई निरन्तरता दिइने भएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया