Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बुमा ४८ प्रतिशत मत खस्यो

सोलुखुम्बुमा ४८ प्रतिशत मत खस्यो


सोलुखुम्बु । सोलुखुम्बुमा आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ४८ दशमलव ३८ प्रतिशत मत खसेको छ । कुल ८१ हजार पाँच सय दुई जना मतदाता रहेको जिल्लामा ३९ हजार चार सय ३३ मत अर्थात् ४८ दशमलव ३८ प्रतिशत मत खसेको हो ।

प्रारम्भिक डाटाअनुसार १९ हजार पाँच सय ६३ मतदाता रहेको सोलुदुधकुण्ड नगरपालिकामा नौ हजार दुई सय ४७ अर्थात् ४७ दशमलव २६ प्रतिशत मत खसेको छ । थुलुङ दुधकोशी गाउँपालिकामा कुल १५ हजार एक सय नौ मतदातामध्ये सात हजार तीन सय १५ अर्थात् ४८ दशमलव ४१ प्रतिशत मत खसेको छ भने सोताङ गाउँपालिकामा सात हजार ६४ मतदातामध्ये तीन हजार आठ सय ४४ अर्थात ५४ दशमलव ४१ प्रतिशत मत खसेको छ । यस्तै महाकुलुङ गाउँपालिकामा सात हजार आठ सय ४९ मतदातामध्ये चार हजार ६२ अर्थात् ५१ दशमलव ७५ प्रतिशत, नेचासल्यान गाउँपालिकामा १० हजार चार सय सय ४३ मतदातामा पाँच हजार तीन सय आठ अर्थात् ५० दशमलव ८२ प्रतिशत मत खसेको छ । त्यसैगरी माप्यदुधकोशी गाउँपालिकामा १० हजार पाँच सय ४२ मतदातामा पाँच हजार चार सय ४० अर्थात् ५१ दशमलमव ६० प्रतिशत मत खसेको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकामा पाँच हजार नौ सय ८७ मतदातामा दुई हजार छ सय ४७ अर्थात् ४४ दशमलव २१ प्रतिशत र लिखुपिके गाउँपालिकामा चार हजार आठ सय ४५ मतदातामा दुई हजार पाँच सय ७० अर्थात् ५३ दशलमव ०४ मत खसेको छ । आठवटा स्थानीय तह रहेको जिल्लामा प्रतिशतको हिसाबले सबैभन्दा बढी लिखुपिकेमा ५३ दशमलव ०४ र सबैभन्दा कम खुम्बु पासाङ ल्हामुमा ४४ दशमलव २१ मत खसेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया