Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसनसिल्क दशैँ भाइब्स २ प्रतियोगिताका विजेता घोषणा

सनसिल्क दशैँ भाइब्स २ प्रतियोगिताका विजेता घोषणा


काठमाडौं । सनसिल्क दशैँ भाइब्स २ प्रतियोगिताका विजेताहरुको घोषणा भएको छ । सनसिल्क नेपालले दशैँको अवसर पारेर एक डिजिटल कन्टेस्ट ‘सनसिल्क दशैँ भाइब्स’ सञ्चालन गरेको थियो । सनसिल्क दशैँ भाइब्स २ को अन्तिम चरणको कार्यक्रम मंगलबार होटल -याडिसनमा आयोजना गरिएको थियो ।

सनसिल्क दशैँ भाइब्स २ को विजेता सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराई भएका छन् । प्रत्येक विजेताले एक लाख रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । साथै उनीहरुले ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै एक वर्षको लागि सनसिल्क ग्याङ अफ गल्र्स बनेर अर्को वर्ष सनसिल्कको प्याकहरुमा प्रदर्शित हुने अवसर पनि प्राप्त गरेका छन् । उक्त कार्यक्रममा दुई हजार आठ सयभन्दा बढी प्रतियोगीहरुले आ–आफ्नो सुन्दर हेयर स्टाइलका साथ दशैँ भाइब्स प्रदर्शन गरेका थिए । यस प्रकारको योजना नेपालमा पहिलो पटक सुरु गरिएको हो ।

युनिलिभर नेपालका प्रबन्धनिर्देशक अम्लान मुखर्जीका अनुसार नेपालमा देशभर बिक्री हुने एवं लाखौँ ग्राहकहरुको रोजाइ बनेको सनसिल्क निःसन्देह नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्राण्ड हो । सिजन १ मा प्राप्त सफलतालाई निरन्तरता दिँदै सेप्टेम्बर १, २०२२ मा ‘डबल सेलिब्रेसन’ नाराका साथ सनसिल्क दशैं भाइब्स २ सञ्चालन गरिएको थियो । जुन प्रतियोगितामा सहभागी बन्न सहभागीहरुले उनीहरुको राम्रो हेयरस्टाइलहरुका साथ दशैँ भाइब्स प्रदर्शन गरेको फोटो वा भिडियो पठाउनुपर्ने थियो । सहभागीहरुमध्ये तीन जना विजेतालाई १/१ लाख रुपैयाँ नगद पुरस्कारका साथै प्रिन्सी र प्रिज्मासँग सनसिल्क ग्याङ अफ गल्र्सको नेतृत्व गर्ने र सनसिल्कको प्याकहरुमा प्रस्तुत हुने अवसर दिइएको थियो । यी विजेताहरुको चयनको लागि प्रख्यात व्यक्तित्वहरु नायिका वर्षा राउत, गायिका मेलिना राई र केश विज्ञ स्वस्तिका राजभण्डारी रहनु भएको एक निर्णायक मण्डली बनाइएको थियो । दोस्रो संस्करणको सफलतामा ३७३२ प्रविष्टिहरु प्राप्त भएका थिए, जसलाई डिजिटल प्रचारात्मक सामग्रीहरु एवं प्रत्यक्ष क्रियाकलापहरुको साथ समर्थन रहेको थियो । यस अभियानले टिकटकमा ६६ मिलियनभन्दा धेरै र अन्य सबै डिजिटल माध्यमहरुमा १० करोडभन्दा बढी भ्युज पाउन सफल भएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया