Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध१३औँ नेसनल प्याब्सन खेलकुद महोत्सव हुने

१३औँ नेसनल प्याब्सन खेलकुद महोत्सव हुने


पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कास्कीको आयोजनामा १३औँ नेसनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुने भएको छ ।

महोत्सव यही मंसिर २० गतेदेखि २३ गतेसम्म हुनलागेको हो । महोत्सवबारे जानकारी दिने उद्देश्यले शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले ‘एन प्याब्सन कास्कीको मान्यता : विद्यालय शिक्षामा खेलकुदको अपरिहार्यता’ भन्ने नारासाथ महोत्सव गर्न लागिएको बताए ।

पोखरा रङ्गशालामा गर्न लागिएको महोत्सवबाट एन प्याब्सनसँग आबद्ध विद्यालयको शैक्षिक एवं सहक्रियाकलापलगायत विविध क्षेत्रको उन्नति र प्रगतिमा टेवा पुग्ने विश्वास लिइएको उनको भनाइ छ । आधारभूत र माध्यमिक तहमा छात्र र छात्रा समूहमा विभिन्न विधामा खेल खेलाउन लागिएको उनले जानकारी दिए । एन प्याब्सन कास्कीमा ५० विद्यालय आबद्ध रहेका वरिष्ठ उपाध्यक्ष शिवदत्त तिवारीले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया