Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधहेराल्ड कलेजको दीक्षान्त समारोह

हेराल्ड कलेजको दीक्षान्त समारोह


काठमाडौं । हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह–२०२२ सम्पन्न भएको छ । दीक्षान्त समारोहमा स्नातक (ग्रयाजुएट) तह पुरा गरेका तीन सय ९६ जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरीएको थियो । त्यसमध्ये तीन सय ६१ जना विद्यार्थी बीएससी (अनर्स) कम्प्युटर साइन्स र ३५ जना विद्यार्थी बीएससी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट विषयका रहेका छन् ।

विद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सहउपकुलपति (प्रो भाइस चान्सलर) टिम स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरे । वार्षिक कार्यक्रमअनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ । सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल गु्रपले छात्रवृत्ति उपलब्ध गराएको छ । त्यसैगरी हेराल्ड कलेजमा अन्तर्राष्ट्रिय एमबीए अध्ययन गर्न समेत छात्रवृत्तिको व्यवस्था गरेको छ । दीक्षान्त समारोहमा कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश श्रेष्ठले नेपालमा उत्कृष्ठ र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल हेराल्ड कलेज काठमाडौंले यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले भविष्यमा सजिलै रोजगारी हासिल गर्न सक्ने बताए ।

कार्यक्रममा विश्वविद्यालयका प्रो भाइस चान्सलर टिम स्टिलले विदेशका कुनै पनि कलेजलाई सम्बन्धन दिँदा कलेजको बारेमा अध्ययन गरेर मात्र दिने गरेको बताए । हेराल्ड कलेज काठमाडौंलाई दिएको सम्बन्धन र यहाँको शिक्षाले नेपालको शिक्षा क्षेत्रमा ठूलो योगदान पुगेको उनको भनाइ थियो । ‘यस विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजबाट उत्तीर्ण विद्यार्थीमध्ये ९६ प्रतिशतले रोजगारी हासिल गरेका छन्, यो कलेज यसैको उदाहरण हो’, उनले भने ।

हेराल्ड कलेज काठमाडौंले चारवर्षे ब्याचलर अफ इन्टरनेशल विजनेश म्यानेजमेन्ट, तीनवर्षे बीएससी (अनर्स) कम्प्युटर साइन्स र दुईवर्षे अन्तर्राष्ट्रिय एमबीए कक्षा सञ्चालन गरिरहेको छ । सन् २०१६ को सेप्टेम्बरबाट कक्षा सुरु गरेको हेराल्ड कलेज काठमाडौं नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमध्ये उत्कृष्ट मानिन्छ । उल्भरहेम्टन विश्वविद्यालयले विराटनगर इन्टरनेशनल कलेजलाई समेत सम्बन्धन दिएको छ ।

आईएनजीले सञ्चालन गरेको हेराल्ड कलेज काठमाडौंबारे जानकारी दिँदै ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानहरुमा रोजगार पाइरहेको बताए । बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै उनले यहाँ पढ्ने विद्यार्थीहरु सूचना प्रविधि क्षेत्रमा अग्रस्थानमा रहेको बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया