Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधब्राण्डेडका नाममा ठगी

ब्राण्डेडका नाममा ठगी


धनगढी, फागुन २९
धनगढीदेखि अत्तरीयामा रहेका पसललेहरूले ब्राण्डेडका नाममा अत्यधिक मूल्य लिई उपभोक्तालाई ठग्ने गरेको पाइएको छ । उक्त पसलले ‘सेल’का नाममा चक्र्रो मूल्य लिई सोझा उपभोक्तालाई ठग्ने गरिएको पाइएको हो । प्रचलित मूल्यभन्दा कयौँ गुना बढी मूल्य राखेर ५० प्रतिशतभन्दा बढी छुट दिएको हवाला दिँदै उपभोक्तालाई ठगी गर्ने गरिएको पाइएको छ ।

पसलहरूमा व्यापारीहरूले हरेक सामानमा ११ गुणासम्म मूल्य लिइएको पाइएको छ । ब्राण्डेड पसलमा एक हजार रूपैयाँ पर्ने कपडा चारदेखि पाँच हजार, दुई हजार रूपैयाँ पर्ने जुत्ता १५ हजार रूपैयाँसम्म लिने गरेको देखिएको छ । २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने कानुनी व्यवस्था रहे पनि शत प्रतिशत मूल्य बढाएर व्यवसायीले उपभोक्ता ठगिरहेका छन् । गौरीगंगा नगरपालिका वडा नं–२ बाट घरायसी प्रयोजनका लागि सामग्री किनमेल गर्न आएका हरिकृष्ण कडायतले ब्राण्डेडका नाममा खुलेका पसलहरूबाट आफू ठगिएको दाबी गरे । उनले दुई हजार पर्ने जुत्तालाई १५ हजार, एक हजार पाँच सयको पाइन्टलाई आठ हजार तिर्न परेको गुनासो गरे । नजिकको बजारमा सामान किन्न ठगिनु परेकोले आफूहरू सामान किन्न छिमेकी राष्ट्र भारतको पलियाँ तथा गौरीफँण्टा (बनगाउँ) पुग्नुपर्ने बाध्य रहेको उनले बताए । यसरी उपभोक्ता ठगिने क्रम सुदूरपश्चिम प्रदेशको नौवटै जिल्लाको बजारी क्षेत्रमा बढ्दै गइरहेको छ ।

भन्सार छुट र नक्कली सामग्री भित्रिँदा नेपाली बजारका ग्राहकहरूले समस्या भोग्नुपरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष हरि रेग्मीले बताए । उपभोक्ता मञ्चले अनुगमनको प्रयास जारी राखेको बताए । अनुगमनका क्रममा व्यवसयायीले अत्यधिक मूल्य लिई उपभोक्ता ठगियो देखिएमा कारबाही गरिने उनको भनाइ छ । व्यवसायीले पुराना कमसल सामान दोब्बर वा तेब्बर मूल्य राखेर ५० प्रतिशत छुट दिई खुलेआम ठगिरहेका छन् । बजारमा कालाबजारी, कृत्रिम अभाव, कम तौलको सामान बिक्री, लेबल नभएका म्याद नाघेका सामान बिक्रीजस्ता विकृति मौलाउँदै गएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया