लुक्ला विमानस्थलबाट एक वर्षमा एक लाख बढीले लिए हवाई सेवा
सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा एक वर्षभित्र एक लाख बढीले हवाई सेवा लिएका छन् । पर्यटकीय विमानस्थल लुक्लामा सन २०२२ को जनवरीदेखि डिसेम्बरसम्म एक लाख एक हजार पाँच सय एक जनाले हवाई सेवा लिएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
प्राधिकारण लुक्लाका अनुसार एक वर्षको अवधिमा ४१ हजार एक सय १८ जना सोलु भित्रिएका छन् भने ६० हजार तीन सय ८३ जना बाहिरिएका छन् । सो अवधिमा १३ हजार आठ सय ४५ पटक उडान तथा अवतरण भएको प्राधिकरण प्रमुख महेश श्रेष्ठले जानकारी दिए । बढीजसो उडान तथा अवतरण जहाजको र केही मात्रामा हेलिकोप्टरको पनि रहेको प्राधिकरण प्रमुख श्रेष्ठले बताए । लुक्लाबाट एक वर्षभित्र आठ लाख ८९ हजार चार सय २९ किलो कार्गो रामेछापको मन्थली र काठमाडौं ढुवानी गरिएको छ भने सात लाख २६ हजार तीन सय २१ किलो कार्गो भित्रिएको प्राधिकरणले जनाएको छ । ढुवानी गरिएको कार्गो सामग्रीहरूमा रासन, तरकारी, निर्माण सामग्री, पर्यटकहरूको क्याम्पिङ, कपडालगायतका रहेको बताइएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा भ्रमणका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकहरूले यस विमानस्थल प्रयोग गर्ने गर्दछन् । रोमाञ्चक अनुभूति दिने विश्वभरका विमानस्थलमध्ये आठौँ स्थानमा लुक्ला पर्दछ । लुक्ला विमानस्थलका लागि उडान गर्दा १० मिनेटमा देखिने दृश्य र अनुभवले निकै रोमाञ्च सिर्जना गर्ने जानकारहरू बताउँछन् । यो विमानस्थल सर एडमन्ड हिलारीको सहयोगमा सन् १९६० निर्माण भएको हो । विसं २०६४ पुसमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सम्मानमा उनीहरूकै नामबाट विमानस्थलको नामाकरण गरिएको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया