Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा

ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा


काठमाडौं ।  नेपाली बजारमा संयुक्त अरब इमिरेट्स (यूएई)को फर्निचर ब्रान्ड ड्यानुवका उत्पादन बिक्री गर्दै आएको ड्यानुव होम नेपालले काठमाडौंको डिल्लीबजारमा दोस्रो शोरुम विस्तार गरेको छ । ड्यानुव होम रियल इस्टेट क्षेत्रको पायोनियर संस्था बृहत् ग्रुपको भगिनी संस्था हो ।

ड्यानुव होमको सुन्धारा ताहागल्लीस्थित पहिलो शोरुमको सफलतापछि बृहत् ग्रुपले डिल्लीबजारको पुण्य म्यानसनमा दोस्रो शोरुम खोलेको छ । पूर्वमिस नेपाल प्रिती सिटौलाले मंगलबार ड्यानुव होम नेपालको दोस्रो शोरुमको उद्घाटन गरेकी हुन् ।

बृहत् ग्रुपले लगानी, वास्तुकला, संरचनात्मक डिजाइन, निर्माण र निर्माण पर्यवेक्षणका साथै व्यवस्थापनबाट सबै घरजग्गाका आवश्यकताहरु पूरा गर्दछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x