परम्परागत र फ्युजन नेपाली परिकारहरुको रेसिपी बुक सार्वजनिक
काठमाडौं । वाह ! अलैँची अभियानले नेपालको विशिष्ट उत्पादन अलैँचीको प्रयोग गरी तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीहरुसहितको पहिलो रेसिपी बुक सार्वजनिक गरेको छ । पुस्तकमा मास्टरशेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा अन्य शेफहरुबाट विशेष रुपमा छानिएका ४० भन्दा बढी रेसिपीहरु समावेश गरिएका छन् । साथै रेसिपी बुकमा सेकुवा, चिया र खीरजस्ता सदावहार व्यञ्जनहरुका लागि आवश्यक मसलाहरू तयार गर्ने विधि पनि समावेश गरिएको छ ।
यस पुस्तकमा समावेश गरिएका रेसिपीहरु, वाह ! अलैँची अभियानअन्तर्गत पहिलो चरणमा आयोजना गरिएको प्रशिक्षार्थीहरुबीचको खाना बनाउने प्रतियोगिताबाट सङ्कलन गरिएको हो । सो प्रतियोगितामा अलैँचीलाई मुख्य सामग्रीको रुपमा प्रयोग गरिएको थियो जसमा विराटनगर, सौराहा र काठमाडौंका होटलहरुका प्रोफेसनल शेफ तथा कलिनरी विद्यालयका युवा प्रशिक्षार्थीहरु उत्साहका साथ सहभागी भएका थिए । प्रत्येक रेसिपीलाई काठमाडौंका प्रोफेसनल शेफहरुको टोलीद्वारा सावधानीपूर्वक चयन एवं परीक्षण गरिएको थियो ।
सन् २०२२ जुलाई महिनामा नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोगको सहयोग र होटल एसोसिएसन नेपालसँगको सहकार्यमा वाह ! अलैँची अभियान शुभारम्भ गरिएको थियो । यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामाझ अलैँचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्नमा केन्द्रित छ । साथै, यो अभियानले नेपाली घरपरिवारलाई अलैँचीको फाइदा र स्वादबारे जानकारी गराउने लक्ष्य राखेको छ ।
हाल दोस्रो चरणमा रहेको वाह ! अलैँची अभियानले नेपाली बजार र घरघरमा अलैँचीको प्रयोग र उपभोगलाई प्रवद्र्धन गर्नेछ । यो अभियान अलैँचीलाई प्रवद्र्धन गर्न प्रमुख सरोकारवालाहरुसँगको सहकार्यमा केन्द्रित हुनेछ र साथै रेसिपी बुकको प्रवद्र्धन गर्न सञ्चारमाध्यम, निजी क्षेत्र र होटल एसोसिएसनसँग पनि काम गर्नेछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
- मन्त्रिपरिषदले पूर्णता पाउँछ : नारायणकाजी श्रेष्ठ
- कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा
- गृहमन्त्रालयका २५ अधिकारीको सरुवा
- न्यायिक समितिमा चार कार्यपत्र प्रस्तुत हुने
- मेलम्चीको पानी सूर्यविनायक नपामा वितरण गर्न नौबुँदे सम्झौता
- चितवनका ३३ स्थानमा आगलागी, छ जना घाइते
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया