भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकामसहितका क्षेत्रको भान्सामा पछिल्लो समय सिस्नोले स्थान पाउने क्रम बढ्दै गएको छ । विगतमा सामान्य परिवारमा मात्रै पाक्ने गरेको सिस्नो केही वर्षयता अधिकांशको रोजाइ बन्दै गएको हो ।
‘हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पङ्क्तिमा मात्रै सीमित रहेन अहिले सिस्नोको चर्चा । कुनै बेला गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्नेहरूले समेत तुच्छ खानाको रूपमा लिने गरेको सिस्नो अहिले सहरका मानिसहरूले समेत खोजी–खोजी उपभोग गर्नेगरेका छन् । ‘यो बहुगुणयुक्त सिस्नोलाई मैले सधैँ खानेगरेको छु, मलाई त यसको स्वाद एकदमै मन पर्छ, अरुले पनि सिस्नो प्रयोग गर्नुस् यसले राम्रो गर्छ’, सिस्नो किन्दै गर्दा भेटिएका सल्लेरीका महेश अधिकारी भने । पछिल्लो समय सिस्नोप्रतिको मोह बढ्दै गएको छ भने ठूला–ठूला तारे होटल, रेष्टुराँहरूमा पनि महंगो खानाको परिकारमध्येमा सिस्नो पर्न थालेको छ । घरभित्र छिराउन मिल्दैन भनिने सिस्नो अहिले डिपार्टमेन्ट स्टोरहरूमा सजिएर दिनमै हजारौँ रूपैयाँबराबरको बिक्री हुन थालेको छ । सिस्नोको माग दिनानुदिन बढ्दै गएको सोलुखुम्बु सदरमुकाम सल्लेरीमा सिस्नो बेच्दै गरेको अवस्थामा भेटिएका देउसाकी तिर्समाया राई देउसा र पूर्णमाया राईको अनुभव छ ।
बहुगुण भएको यो सिस्नो हाम्रो पहाडी क्षेत्रका गाउँघरका बारीका कान्लामा पाइने हुँदा घरमा यसलाई सागको रूपमा पनि प्रयोग गर्न सकिन्छ । सिस्नोको नियमित प्रयोगबाट किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ । यसका साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाया पनि हटाउने काठमाडौंका वीर अस्पतालका डा. विम्लेस कुमार शाहले बताए । गाउँघरमा पाइने सिस्नोलाई गाईवस्तुको लागि खोले वा गरिबहरूले दाल र सागको रूपमा प्रयोग गरिरहेको पाइन्छ । खाद्यान्नको अभावमा प्रकृतिले दिएको सिस्नोको प्रयोग भएको पाइन्छ । तर पछिल्लो समय सिस्नो औषधि साबित भएपछि यसको माग विदेशमा निकै महंगो दरमा भएको पाइन्छ । नेपाल विकास उन्मुख राष्ट्र भएको हुँदा देशमा पाइने जडीबुटी सङ्कलन गरी प्रशोधन गरी औषधिको रूपमा विदेश पैठारी गर्न सके राष्ट्रले राम्रो आम्दानी गर्न सकिने जानकारहरू बताउँछन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चियाको पहिलो टिपाइ सुरु
- लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व
- राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट
- जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत
- स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक
- उपराष्ट्रपति यादवद्वारा पदबहाली
- सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने प्रयासमा छ : प्रधानमन्त्री
- प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदै
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
तपाईको प्रतिक्रिया