निकुञ्जसँग अनुमति नलिएका हेलिलाई सगरमाथा क्षेत्र अवतरणमा रोक
सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुले रुट परमिट र उडान अनुमति नलिएका हेलिकोप्टरलाई निकुञ्ज क्षेत्रमा उडान अनुमति नदिन दुई विमानस्थललाई आग्रह गरेको छ ।
निकुञ्जको इन्ट्रान्स अनुमति, हेलिकोप्टरको अवतरण अनुमति, तथा ओभरिङ अनुमति भए/नभएको जाँच गरी हेलिकोप्टर पठाउन फाप्लु विमानस्थल र तेन्जिङ हिल्लरी विमानस्थल लुक्लालाई पत्र काटेको हो । हेलिकोप्टर कम्पनीले लापरबाही गर्दै निकुञ्ज क्षेत्रमा जथाभावी उडान भर्न थालेपछि कडाइ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए । यसअघि निकुञ्ज क्षेत्रमा अनुमतिविना अवतरण हुने हेलिकोप्टरलाई नियन्त्रणमा लिने निकुञ्जले चेतावनी समेत दिइसकेको छ ।
निकुञ्जको कार्यालयले फेब्रवरी १ बाट विनाअनुमति निकुञ्जक्षेत्रमा ल्यान्ड गरिने हेलिकोप्टरलाई नियन्त्रण लिई कारबाही गर्ने जनाएको छ । जसका लागि निकुञ्जले हेलिकोप्टर कम्पनीहरुलाई पत्राचार गरिसकेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विपन्न परिवारलाई पिउने पानीको व्यावस्था
- मौलिकता संरक्षणसँगै स्वरोजगार
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया