दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
दोलखा । दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण भएको छ । बैतेश्वर गाउँपालिका–६ नाम्दुमा बौद्ध धर्मालम्बिहरुको लागी नामखालिङ् गुम्बा निर्माण भएको हो ।
नवनिर्मित गुम्बाको २८५९ औं ह्योयी ल्हो (बिरालो वर्ष)सोनाम ल्होछारको अवसरमा पारेर बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाले बुधबार छ्यानि (प्राण प्रतिष्ठा) कार्यक्रम गरेर उक्त गुम्बाको उद्घाटन गरेका हुन् । वैदेशिक रोजगारीको सिलसिला विभिन्न मुलुक पुगेका नेपालीहरुको सहयोग र बैतेश्वर गाउँपालिकाको ११ लाख अनुदानमा उक्त गुम्बा निर्माण भएको नामखालिङ् गुम्बा सरक्षण समितिका अध्यक्ष धन बहादुर गोलेले जानकारी दिए । अध्यक्ष गोलेका अनुसार करिब दुई वर्ष अघि निर्माण सम्पन्न भएको उक्त गुम्बामा लामा गुरुलाई पढाएर विधिगत रूपमा तामाङ समुदायको प्रमुख चाड सोनाम ल्होछारको अवसर पारेर उद्घाटन गरिएको हो ।
उक्त कार्यक्रममा बागमती प्रदेश सदस्य कुन्दनराज काफ्लेले नामखालिङ् गुम्बाको थप व्यवस्थापन गर्न बागमती प्रदेशबाट पहल हुने बताए । त्यस्तै बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाले गाउँपालिकाले सबै धर्मको सरक्षण गर्न लगानी गर्दै आएको बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया