Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधओमानमा नेपाली प्रभावित

ओमानमा नेपाली प्रभावित


काठमाडौं, चैत ४
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९)का कारण ओमान सरकारले गैरओमानी नागरिकलाई आफ्नो मूलुक प्रवेशमा रोक लगाएको छ । योसँगै वैदेशिक रोजगारीको क्रममा ओमान जान चाहने नेपाली ओमान प्रवेश गर्न नपाउने भएको ओमानस्थिति नेपाली दूतवासले जानकारी दिएको छ । दूतवासले सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि लागू हुनेगरी ओमान सरकारले सो निर्णय गरेको बताएको छ । सोसँगै वैदेशिक रोजगारीको क्रममा ओमान पुगेका नेपाली नागरिकहरू प्रभावित हुने देखिन्छ । सो निर्णयसँगै ओमानमा रहेका नेपालीहरूलाई दूतवासले प्रदान गर्ने कन्सुलर तथा अन्य अत्यावश्यक सेवा लिनुपरेमा दूतावसमा पूर्वसम्पर्क गरी आउनको लागि आग्रह गरेको छ ।

यस्तै दूतावासले कोरोना भाइरसको कारणले कुनै नेपालीमा समस्या पर्न गएमा दूतावासले व्यवस्था गरेको विशेष हटलाइन नं ७१५३०८४० सम्र्पक गर्नसमेत आग्रह गरेको छ । ओमान सरकारले खाडी सहयोग परिषद् (जिसिसि) बाहेकका गैरओमानी नागरिकलाई ओमान प्रवेशमा तत्कालका लागि रोक लगाउनुका साथै जुनसुकै मार्गबाट ओमान प्रवेश गर्ने व्यक्तिले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको दूतावासले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया